डेंगु संक्रमित एक सय १५ पुगे, स्वास्थ्य विभागको ध्यानाकर्षण - Naya Online

डेंगु संक्रमित एक सय १५ पुगे, स्वास्थ्य विभागको ध्यानाकर्षण

दमक, १० कार्तिक ।
झापाको दमकमा डेंगु रोगको संक्रमण बढिरहे पनि सरोकारवाला निकायहरूले बेवास्था गरेको भन्दै दमक उद्योग बाणिज्य संघले स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य विभागको ध्यानाकर्षण गराएको छ । press-meet-2दमकमा अहिलेसम्म एक सय १५ जनाभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ । तर, जिल्ला जनस्वास्थ्य कार्यालय झापालगायतका सरोकारवाला निकायहरूले भने संक्रमण फैलन नदिने उपायका लागि ठोस पहल नगरेको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिनुभयो । बुधबार संघको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा ढकालले भन्नुभयो –‘सरकारी तवरले जुन गम्भीरताका साथ काम हुनुपर्ने हो त्यो पाइएन ।’ उहाँले बार्णिज्य संघका तर्फबाट भने पटक–पटक आवश्यक चेतनामूलक कार्यक्रमका लागि जनस्वास्थ्य कार्यालयका कार्यक्रमलाई सघाइएको स्पष्ट पार्नुभयो ।
दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा बिरामीका लागि बेडको पनि अभाव रहेको र आवश्यक उपचार उपकरण पनि नभएको ढकालले गुनासो गर्नुभयो । संक्रमण झन झन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै संघका तर्फबाट विभागसमक्ष आवश्यक बेड उपलब्ध गराइदिन र डेंगु उपचार किटको व्यवस्था गर्न माग गरिएको छ । अस्पतालमा रगत परीक्षणका लागि आवश्यक ल्याब पनि नभएको भन्दै संघले विभागको ध्यानाकर्षण गरेको हो ।   press-meet-1जिल्ला जनस्वास्थ्य कार्यालय झापाले भने डेंगु संक्रमित बिरामीहरूको निःशुल्क उपचार गर्ने भन्दै उपचारका लागि दमक अस्पताललाई निर्देशन दिएको छ । तर, अस्पतालमा आवश्यक पूर्वाधार नै नभएपछि बिरामी भने दमक र अन्यत्रका निजी अस्पतालमा सशुल्क उपचार गराइरहेका छन् । यसैबीच बुधबारबाट भने दमकको आम्दा अस्पताल र लाइफलाइन अस्पतालले भने डेंगु संक्रमितलाई निःशुल्क उपाचारको व्यवस्था मिलाएको जनाएका छन् ।
केही दिनअघि स्वास्थ्य विभागबाट विज्ञहरूको टोली दमक आएका थिए । त्यस्तै क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाबाट निर्देशकसहितको टोली पनि दमक आएर डेंगु संक्रमण बारे आवश्यक जानकारी लिएको थियो । तर, रोगको संक्रमण रोकथामका लागि आएका टोलीहरूले भत्तामात्रै पचाएर फर्किएको समाचार स्रोतले जनाएको छ । विभागमै ध्यानाकर्षण गराइएपछि भने मातहतका स्वास्थ्य सम्बन्धी निकायहरूले सक्रियता देखाउन थालेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...