मेलवर्नमा ‘कङ्गारूको देशबाट’ बिमोचित - Naya Online

मेलवर्नमा ‘कङ्गारूको देशबाट’ बिमोचित

अष्ट्रेलिया ।
क्रिएटिभ सर्कल अष्ट्रेलियाले प्रकाशन गरेको नेपालीभाषी भुटानी अष्टे«लियन स्रष्टाहरूको संयुक्त गजल कृति एक साताअघि मेलवर्नमा विमोचन गरिएको हो ।
संयुक्त गजल कृतिमा तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत अष्ट्रेलिया पुगेका २५ जना गजलकारहरूको सिर्जना समावेश भएको बताइएको छ । १५ अक्टुबर शनिबारका दिन मेलवर्नमा आयोजित साँस्कृतिक तथा साहित्यिक कार्यक्रमका बीच साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङदेम्बेलगायतले पुस्तक लोकापर्ण गर्नुभएको थियो । bimochanतीन सय पृष्ठको सो कृति क्रिएटिभ सर्कल अष्ट्रेलियाको प्रकाशन तथा दुर्गा रिमालको सम्पादनमा प्रकाशित भएको सम्पादक रिमालले जानकारी दिनुभयो । रिमालले अष्ट्रेलियाकै स्थानीय रेडियोमार्फत नेपाली रेडियो कार्यक्रम र अनलाईनमार्फत नेपाली टेलिभिजन कार्यक्रम ‘साझा आवाज’ सञ्चालन गर्दै आउनुभएको छ ।
कृतिमाथि साहित्यकनर आङ्देम्बेले परिचर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो –‘बीसौं वर्षसम्म आफ्नो पुर्खाको थलोमा शरणार्थी जीवन जस्तो दर्दनाक जीवन यापन गर्दा पनि नेपाली कला र साहित्यको लागि धेरै धेरै सृजनशील कार्यहरु भए । आज तेस्रो देश पुनर्वास भएर पनि नेपाली भाषा साहित्यका लागि निरन्तर लागिपरिहनु भएको छ । वास्तवमा मनै देखिको नेपाली तपाइहरु नै हो ।’
पाँच सय बढी कार्यक्रममा सहभागी मध्येबाट प्रतिनिधि प्रतिनिध गजल वाचन, साँस्कृतिक नृत्य, गायन आदि प्रस्तुत भएका थिए । कार्यक्रमको सभापतित्व भुटानी समाज अष्ट्रेलियाका सभापति देवी घिमिरेले गर्नुभएको थियो भने सञ्चालन रेडियोकर्मी तथा साहित्यकार प्रकाश धमला ‘क्षितिजको मित्र’ले गर्नुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...