संविधान संशोधन टार्न संसद् बैठक छठसम्मलाई स्थगन गरियो - Naya Online

संविधान संशोधन टार्न संसद् बैठक छठसम्मलाई स्थगन गरियो

काठमाडौं, ९ कार्तिक ।

आन्दोलनरत संघीय गठबन्धनसँग सत्तासाझेदार दल काँग्रेस र माओवादी केन्द्रले गरेको संविधान संशोधन गर्ने प्रस्ताव संसद्मा लैजाने सहमति कार्यान्वयन नगर्न व्यवस्थापिका संसदको बैठक छठ पर्वसम्मका लागि स्थगित गरिएको छ ।

Constituencies taking part in the transformed Parliament on Friday, October 02, 2015. Photo: RSS
व्यवस्थापिका संसद् बैठक । रासस

आन्दोलनरत संघीय गठबन्धनले छठभन्दा अघि नै संविधान संशोधन विधेयक संसद्मा पेश गर्न सत्तारुढ दलहरू र सरकारलाई दबाव दिँदै आए पनि सत्तासिन पक्षले त्यसलाई बेवास्ता गरेको हो । संसद्मा विधेयक लैजानै पर्ने दबाव कम गर्न एमालेसहित प्रमुख तीन दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावउपरको छलफलसमेत छठसम्मका लागि स्थगित गरेका हुन् ।
संसद्को मंगलबारको बैठकमा कार्कीविरुद्ध महाअभियोग दर्ता भए पनि त्यसमा सुरु गरिएको छलफल स्थगन गरिएको हो । करिब दुई घन्टा मात्र संसद् बैठकमा छलफल गरिए पनि सांसदहरुले बोल्ने क्रम नसकिँदै महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएन ।
सभामुख ओनसरी घर्ती मगरले संसद् बैठक अब तिहार र छठपछि २५ गते बस्ने गरी स्थगित गर्नुभएकाले संविधान संशोधन विधेयक र महाअभियोग बारेको छलफल दुवै महत्पूर्ण एजेण्डा योजनावद्ध रोकिएको आशंका गरिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

जसपा अध्यक्ष उपेन्द्र यादवले गरे मनोनयन दर्ता

बारा, २० चैत । बारा क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि...

संघीयता, समाजवाद र पत्रकारिता विषयमाथि अन्तरकृया

जनकपुरधाम, १९ चैत । संघीयता र समाजवादको आधारभूत स्तम्भ नागरिकको वाक स्वतन्त्रता र स्वतन्त्र...

“संघ र प्रदेशमा फरक दलसँग गठबन्धन गर्ने अधिकार हुन्छ” –मन्त्री राई

विराटनगर १९ चैत्र । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नेपाल सरकारकको...

जसपाले भन्यो –लिम्बूलाई सहिद घोषणा गर

दमक, ११ चैत । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले पहिचान पक्षधर आन्दोलनकारी पदम लिम्बू...