स्थानीय तहको पुनर्संरचना मान्दैनौं : यादव - Naya Online

स्थानीय तहको पुनर्संरचना मान्दैनौं : यादव

जनकपुर, ८ कार्तिक ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यले तयार पारेको स्थानीय तहको पुनर्संरचना आफूहरुलाई कु्नै पनि हालतमा मान्य नहुने बताउनु भएको छ ।
सोमबार जनकपुरमा ससफो नेपाल तराई मधेश प्रदेश कार्यालयको उद्घाटन गर्दे अध्यक्ष यादवले मधेस र मधेसीमाथि षड्यन्त्र गरेर निर्माण गर्नलागिएको स्थानीय तह अस्वीकार्य रहेको जिकिर गर्नुभएको हो । उहाँले भन्नुभयो –‘राज्यले बहुसंख्यक मधेसीलाई पाखा लगाएर स्थानीय तह पुनर्संरचनाका नाउँमा मधेस विरोधी षड्यन्त्र गरिरहेको छ । त्यसैले हामी चुप लागेर बस्दैनौं ।’  yadavप्रमुख तीन दलले आफ्नो प्रभुत्व जमाउने उद्देश्यले स्थानीय तह पुनर्संरचना गर्न आयोग गठन गरेको उहाँको भनाइ थियो । मधेसमाथि उपनिवेशको शासन लाद्ने सपना नदेख्न चेतावनी दिँदै यादवले पहिले संघीय प्रदेशको संख्या र सीमाना टुङ्ग्याउनुपर्ने बताउनुभयो ।
अधिकारविहीन पारिएका मधेसी, आदिवासी जनजाति, म्ुस्लिम, थारु, महिला र दलित लगायत पिछडिएको सबै वर्गले अब नयाँ जनक्रान्तिका लागि एकगठ्ठा हुनुपर्ने यादवको भनाइ थियो ।
सो कार्यक्रममा बोल्दै ससफो नेपालका वरिष्ठ नेता अशोक राईले मुलुकको पहिचानवादी आन्दोलनलाई मधेस आन्दोलनले सिंचित गरेको बताउनुभयो । राईले अब आन्दोलन गर्नु परे हिमाल, पहाड र मधेशमा एक साथ आन्दोलन हुने दावी गर्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...