स्थानीय तहको पुनर्संरचना मान्दैनौं : यादव - Naya Online

स्थानीय तहको पुनर्संरचना मान्दैनौं : यादव

जनकपुर, ८ कार्तिक ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यले तयार पारेको स्थानीय तहको पुनर्संरचना आफूहरुलाई कु्नै पनि हालतमा मान्य नहुने बताउनु भएको छ ।
सोमबार जनकपुरमा ससफो नेपाल तराई मधेश प्रदेश कार्यालयको उद्घाटन गर्दे अध्यक्ष यादवले मधेस र मधेसीमाथि षड्यन्त्र गरेर निर्माण गर्नलागिएको स्थानीय तह अस्वीकार्य रहेको जिकिर गर्नुभएको हो । उहाँले भन्नुभयो –‘राज्यले बहुसंख्यक मधेसीलाई पाखा लगाएर स्थानीय तह पुनर्संरचनाका नाउँमा मधेस विरोधी षड्यन्त्र गरिरहेको छ । त्यसैले हामी चुप लागेर बस्दैनौं ।’  yadavप्रमुख तीन दलले आफ्नो प्रभुत्व जमाउने उद्देश्यले स्थानीय तह पुनर्संरचना गर्न आयोग गठन गरेको उहाँको भनाइ थियो । मधेसमाथि उपनिवेशको शासन लाद्ने सपना नदेख्न चेतावनी दिँदै यादवले पहिले संघीय प्रदेशको संख्या र सीमाना टुङ्ग्याउनुपर्ने बताउनुभयो ।
अधिकारविहीन पारिएका मधेसी, आदिवासी जनजाति, म्ुस्लिम, थारु, महिला र दलित लगायत पिछडिएको सबै वर्गले अब नयाँ जनक्रान्तिका लागि एकगठ्ठा हुनुपर्ने यादवको भनाइ थियो ।
सो कार्यक्रममा बोल्दै ससफो नेपालका वरिष्ठ नेता अशोक राईले मुलुकको पहिचानवादी आन्दोलनलाई मधेस आन्दोलनले सिंचित गरेको बताउनुभयो । राईले अब आन्दोलन गर्नु परे हिमाल, पहाड र मधेशमा एक साथ आन्दोलन हुने दावी गर्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...