वर्तमान सरकार भ्रष्टहरुको साँठगाँठ : गजुरेल - Naya Online

वर्तमान सरकार भ्रष्टहरुको साँठगाँठ : गजुरेल

दमक, ८ कार्तिक ।
नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले वर्तमान सरकार भ्रष्टहरूको सरकार भएको आरोप लगाउनुभएको छ ।
सोमबार साँझ झापाको दमकमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता गजुरेलले भन्नुभयो –‘भ्रष्टाचारी लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन खुट्टा कमाउने काँग्रेस र माओवादी गठबन्धन सरकार आफैमा भ्रष्टहरूको साँठगाँठमा चलको पुष्टि भैसक्यो ।’  gajurel
वर्तमान सरकार भारतीय इशारामा चलेको भन्दै गजुरेलले थप्नुभयो –‘सरकारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भए पनि चाबी भारती प्रधानमन्त्री नरेन्द्र मोदीले बोकेका छन् ।’ भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले गरेका २५ बुँदे राष्टटट्रघाती सहमतीले यो भारतीय दलाल सरकार भएको पुष्टि भएको जिकिर गर्नुभयो ।
फरक प्रसङ्गमा नेता गजुरेलले संविधान संशोधन मधेसी दलहरुको नभइ भारतीय इच्छा चाहना भएको जिकिर गर्नुभयो । संविधानसभाभित्र ९० प्रतिशत बहुमतले ल्याएको भनिएको संविधान घोर जनविरोधी र पश्चगामी रहेको उहाँले टिप्पणी गर्नुभयो । याथास्थितिमै संविधानको स्वीकार्यता आफूहरूलाई मान्य नभएको भन्दै गजुरेलले यो संविधान खारेज भए जनताले राहत पाउने दावी गर्नुभयो ।
पूर्व राजाको पछिल्लो कदम शंकास्पद देखिएको भन्दै गुजरेलले वर्तमान ठूला दलहरूको जनताप्रतिको बेवास्ताले संशय उत्पन्न गरेको ठोकुवा गर्नुभयो । तर, अहिलेकै अवस्थामा राजतन्त्र फर्कने सम्भावना नरहेको उहाँले दावी गर्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...