वर्तमान सरकार भ्रष्टहरुको साँठगाँठ : गजुरेल - Naya Online

वर्तमान सरकार भ्रष्टहरुको साँठगाँठ : गजुरेल

दमक, ८ कार्तिक ।
नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले वर्तमान सरकार भ्रष्टहरूको सरकार भएको आरोप लगाउनुभएको छ ।
सोमबार साँझ झापाको दमकमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता गजुरेलले भन्नुभयो –‘भ्रष्टाचारी लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन खुट्टा कमाउने काँग्रेस र माओवादी गठबन्धन सरकार आफैमा भ्रष्टहरूको साँठगाँठमा चलको पुष्टि भैसक्यो ।’  gajurel
वर्तमान सरकार भारतीय इशारामा चलेको भन्दै गजुरेलले थप्नुभयो –‘सरकारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भए पनि चाबी भारती प्रधानमन्त्री नरेन्द्र मोदीले बोकेका छन् ।’ भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले गरेका २५ बुँदे राष्टटट्रघाती सहमतीले यो भारतीय दलाल सरकार भएको पुष्टि भएको जिकिर गर्नुभयो ।
फरक प्रसङ्गमा नेता गजुरेलले संविधान संशोधन मधेसी दलहरुको नभइ भारतीय इच्छा चाहना भएको जिकिर गर्नुभयो । संविधानसभाभित्र ९० प्रतिशत बहुमतले ल्याएको भनिएको संविधान घोर जनविरोधी र पश्चगामी रहेको उहाँले टिप्पणी गर्नुभयो । याथास्थितिमै संविधानको स्वीकार्यता आफूहरूलाई मान्य नभएको भन्दै गजुरेलले यो संविधान खारेज भए जनताले राहत पाउने दावी गर्नुभयो ।
पूर्व राजाको पछिल्लो कदम शंकास्पद देखिएको भन्दै गुजरेलले वर्तमान ठूला दलहरूको जनताप्रतिको बेवास्ताले संशय उत्पन्न गरेको ठोकुवा गर्नुभयो । तर, अहिलेकै अवस्थामा राजतन्त्र फर्कने सम्भावना नरहेको उहाँले दावी गर्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...