दमकमा डेंगुको संक्रमण बढेपछि अध्ययनका लागि विषेशज्ञ टोली परिचालित - Naya Online

दमकमा डेंगुको संक्रमण बढेपछि अध्ययनका लागि विषेशज्ञ टोली परिचालित

झापा, ६ कार्तिक ।

झापाको दमकमा डेंगु रोगको संक्रमणले माहामारीको रूप लिएसँगै रोकथामका लागि लागि विशेष अध्ययन टोली परिचालित भएको छ ।  aedes-albopictus
रोगको संक्रमण नै फैलने खतरा बढेसँगै धरानस्थित विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक टोली परिचालन गरेर अध्ययन थालेको हो । जिल्ला जनस्वस्थ्य कार्यालय झापाको संयोजनमा पाँच सदस्यीय चिकित्सकहरूको अन्तर्राष्ट्रिय अध्ययन टोली दमकमा खटाइएको हो ।
इन्ष्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमका डाक्टर बार्ट अस्टिनसहितको टोलीले शनिबारबाट दमकका विभिन्न अस्पतालमा उपचाररत डेंगु संक्रमित बिरामीहरू भेटेर अध्ययन सुरु गरेको हो । उक्त टोलीले अझैँ केही दिन दमकमै रहेर अध्ययन गर्ने जनस्वास्थ्य कार्यालय झापाका डेंगु रोग फोकल पर्सन जिवन चौलागाईले जानकारी दिनुभयो ।
दमकमा शनिबारसम्म ३५ जना डेंगु रोगबाट संक्रमित फेला परेका जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ ।  डेंगु रोकथामका लागि दमक आउनुभएका विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका माहामारी रोग विषेशज्ञ डा. सुरेन्द्र उरावका अनुसार दमकमा डेंगुबाट संक्रमित विरामिको संख्या ह्वात्तै बढ्दै जान सक्ने खतरा छ । डेंगुको रोगथामका लागि सबै जान सचेत हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...