माओवादी केन्द्रमा किरातीको राजीनामा - Naya Online

माओवादी केन्द्रमा किरातीको राजीनामा

काठमाडौं, ६ कार्तिक ।

नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले पार्टीको केन्द्रीय कार्यालयबाट राजीनामा गर्नुभएको छ ।
लामो समय पार्टी र शीर्ष तहका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि राख्दै आउनुभएका किरातीले पार्टीको हाइकमाण्डलाई सच्याउने भन्दै राजीनामा गरेको सञ्चार माध्यमहरूलाई बताउनुभएको छ । gopal-kirati
विशेषतः संविधानमा किरात स्वायत्त राज्यसहितको संघीय प्रदेश नसमेटिएकोप्रति उहाँले पार्टीभित्र पटक पटक असन्तुष्टि व्यक्त गर्दैआउनुभएको निकट स्रोतको भनाइ छ । केही समयअघि किरात राज्यका निम्ति भन्दै अभियान थाल्ने बारे किराती आफैले नेतृत्व गरेर राजधानीमा पार्टीभित्रका राई नेताहरूको भेला डाकेको खबरले पेरिसडाँडा र बालुवाटारमा समेत खैलाबैला मच्चिएको थियो ।
किरातीले पार्टीमा अध्यक्ष प्रचण्ड बाहेक सबै नेताहरूलाई एक तह घटुवा गर्नुपर्ने आफ्नो माग रहेको बताउनुभएको छ । तर, माग पूरा नभए पार्टी नै छोड्ने नछोड्ने बारे भने केही खुलाइएको छैन । उहाँलाई पार्टीभित्रको निक्कै हटी र सन्काहा नेताका रूपमा चिनिन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...