किराविले थाल्यो राष्ट्रिय सम्मेलनको तयारी - Naya Online

किराविले थाल्यो राष्ट्रिय सम्मेलनको तयारी

इलाम, ५ कार्तिक ।
किरात राई यायोक्खाको भातृ संस्था किरात राई विद्यार्थी संघले इलाममा तय गरेको आठौं राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्रता दिएको छ ।
राई विद्यार्थीहरूको साझा विद्यार्थी संगठन किराविले सम्मेलनको आवश्यक तयारी सुरु गरिएको जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो –‘बुधबार सम्मेलनस्थल इलामबाट पत्रकार सम्मेलनको आयोजना गरी तयारी सुरु गरिएको छ ।’ किराविले मंसिर २६, २७ र २८ गते इलाममा हुने गरी सम्मेलनको तयारी अघि बढाएको हो । sammelan-tayari‘पूर्ण संघीयता र वैज्ञानिक शिक्षाका लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ जागरण अभियान’ मूल नारा दिएर सम्मेलनको तयारी थालिएको किरावि केन्द्रीय उपाध्यक्ष उत्तम राईले जानकारी दिनुभयो । सम्मेलन सम्पन्न गर्न अध्यक्ष जम्नेली राईको संयोजकत्वमा ५३ सदस्यीय आयोजक समिति र प्रतिवेदन लेखन, विधान संशोधन, आर्थिक, अतिथि सत्कार लगायतको विभिन्न १३ वटा उपसमिति गठन भएको केन्द्रीय सदस्य सुसन राईले बताउनुभयो ।
आसन्न सम्मेलनमा काठमाडौं उपत्यकासहित पूर्वका विभिन्न १८ वटा जिल्ला समितिका छ सय बढी प्रतिनिधि पर्यवेक्षकले सहभागिता जनाउने बताइएको छ । सम्मेलनको उद्घाटन सत्रमा गायक कुवेर राई, पार्वती राईलगायत कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन् । साकेला, च्याब्रुङ लगायतक मौलिक झाँकीहरुसमेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।
सम्मेलनले किरात स्वायत्त राज्य किन आएन ? भन्ने विषयमा गम्भीर समीक्षा गर्ने छ । पहिचान सहितको संघीय राज्य स्थापनार्थ किरावि संघर्षरत रहेको र धर्मनिरपेक्षता, समानुपातिक, समावेशी राज्य कायम नभएसम्म आन्दोलन नरोक्किने बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । संविधान संशोधन वा पुनरलेखन गरी किरात स्वायत्त राज्य प्राप्त नभए सशक्त आन्दोलन थालिने किराविले चेतावनी दिएको छ । press-meetइलामबाट सम्मेलनको तयारी सुरु गर्न आयोजित पत्रकार सम्मेलनमा किराविका सल्लाहाकार दिपेन बाला राई, यायोक्खा इलाम उपाध्यक्ष राम चाम्लिङ्ग राई, पूर्व केन्द्रीय उपमहासचिव प्रबिण चाम्लिङ्ग राई, जेबी राई, किरावि संघ इलामका अध्यक्ष ओपेन्द्र राई लगायत सहभागी थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...