किराविले थाल्यो राष्ट्रिय सम्मेलनको तयारी - Naya Online

किराविले थाल्यो राष्ट्रिय सम्मेलनको तयारी

इलाम, ५ कार्तिक ।
किरात राई यायोक्खाको भातृ संस्था किरात राई विद्यार्थी संघले इलाममा तय गरेको आठौं राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्रता दिएको छ ।
राई विद्यार्थीहरूको साझा विद्यार्थी संगठन किराविले सम्मेलनको आवश्यक तयारी सुरु गरिएको जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो –‘बुधबार सम्मेलनस्थल इलामबाट पत्रकार सम्मेलनको आयोजना गरी तयारी सुरु गरिएको छ ।’ किराविले मंसिर २६, २७ र २८ गते इलाममा हुने गरी सम्मेलनको तयारी अघि बढाएको हो । sammelan-tayari‘पूर्ण संघीयता र वैज्ञानिक शिक्षाका लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ जागरण अभियान’ मूल नारा दिएर सम्मेलनको तयारी थालिएको किरावि केन्द्रीय उपाध्यक्ष उत्तम राईले जानकारी दिनुभयो । सम्मेलन सम्पन्न गर्न अध्यक्ष जम्नेली राईको संयोजकत्वमा ५३ सदस्यीय आयोजक समिति र प्रतिवेदन लेखन, विधान संशोधन, आर्थिक, अतिथि सत्कार लगायतको विभिन्न १३ वटा उपसमिति गठन भएको केन्द्रीय सदस्य सुसन राईले बताउनुभयो ।
आसन्न सम्मेलनमा काठमाडौं उपत्यकासहित पूर्वका विभिन्न १८ वटा जिल्ला समितिका छ सय बढी प्रतिनिधि पर्यवेक्षकले सहभागिता जनाउने बताइएको छ । सम्मेलनको उद्घाटन सत्रमा गायक कुवेर राई, पार्वती राईलगायत कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन् । साकेला, च्याब्रुङ लगायतक मौलिक झाँकीहरुसमेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।
सम्मेलनले किरात स्वायत्त राज्य किन आएन ? भन्ने विषयमा गम्भीर समीक्षा गर्ने छ । पहिचान सहितको संघीय राज्य स्थापनार्थ किरावि संघर्षरत रहेको र धर्मनिरपेक्षता, समानुपातिक, समावेशी राज्य कायम नभएसम्म आन्दोलन नरोक्किने बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । संविधान संशोधन वा पुनरलेखन गरी किरात स्वायत्त राज्य प्राप्त नभए सशक्त आन्दोलन थालिने किराविले चेतावनी दिएको छ । press-meetइलामबाट सम्मेलनको तयारी सुरु गर्न आयोजित पत्रकार सम्मेलनमा किराविका सल्लाहाकार दिपेन बाला राई, यायोक्खा इलाम उपाध्यक्ष राम चाम्लिङ्ग राई, पूर्व केन्द्रीय उपमहासचिव प्रबिण चाम्लिङ्ग राई, जेबी राई, किरावि संघ इलामका अध्यक्ष ओपेन्द्र राई लगायत सहभागी थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...