मण्डला थिएटर घुम्ती नाटक लिएर पूर्वाञ्चल डुल्दै - Naya Online

मण्डला थिएटर घुम्ती नाटक लिएर पूर्वाञ्चल डुल्दै

दमक, ५ कार्तिक ।
मण्डला थिएटर अनामनगरको घुम्ती नाट्य टोली यतिबेला पूर्वाञ्चलका विभिन्न सहरहरूमा नाटक प्रदर्शन गरिरहेको छ । mandala
पूर्वाञ्चल नाट्य यात्रामा रहेको मण्डलाको टोलीले यसअघि कार्तिक ३ गते धरानमा र ४ गते इटहरी र विराटनगरमा ‘मन चिन्ते फिरन्ते’ घुम्ती नाटक मञ्चन गरिसकेको छ । त्यस्तै शुक्रबार कार्तिक ५ गते मण्डलाले मोरङको लेटाङ बुधबारे र बेलाबारीमा नाटक प्रदर्शन गरेको हो । नाट्य टोलीले भोलि शनिबार साँझ ६ बजे दमकको गोरखा डिपार्टमेन्ट अगाडि प्रदर्शन गर्दैछ । उक्त नाटक नाटककार एवम् निर्देशक राजन खतिवडाले निर्देशन गर्नुभएको हो ।
त्यस्तै मण्डलाको टोलीले कार्तिक ९ गते दिउँसो १ बजे र ४ बजे नेपाली रङ्गमञ्च र रजतपटका स्टार दयाहाङ राईको निर्देशन रहेको अर्को नाटक ‘डिग्री माईला’ दमकस्थित रेडक्रस हलमा प्रदर्शन गर्दैछ । दमकमा हुने टिकट शो नाटकका लागि स्थानीय आयोजक युथ फर ब्लड झापा रहने जनाइएको छ । युथ फर ब्लडका झापा संयोजक विकास सापकोटाले नाटकका लागि टिकट बिक्रीको काम भइरहेको जानकारी दिनुभयो । schedule-dramaसो नाटक १० गते बेलबारीको साँस्कृतिक भवनमा, ११ गते इटहरीको तायारिम्बी हल, १२ गते बिराटनगरको गुरुकुल र १३ गते धरानको सभागृहमा सोही समयमा प्रदर्शन हुने नाट्य यात्रामा सहभागी मण्डलाका कलाकार सिजन दाहालले जानकारी दिनुभयो ।
नाटकमा दयाहाङ राई, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, नाजिर हुसेन, प्रदीप कुमार चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ । मण्डलाले आयोजक लेट्स ईन्टरटेनमेन्ट प्रा लिसँगको सहकार्यमा पूर्वाञ्चलभरि घुम्ती नाटक प्रदर्शनमा ल्याएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

लिम्बू चलचित्र ‘के’ सार्वजनिक

काठमाडौं, १ भदौ  ।  लिम्बू चलचित्र ‘के’ सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्स्...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...