लिम्बू विद्यार्थीको अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न - Naya Online

लिम्बू विद्यार्थीको अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न

  • सात बुँदे दमक घोषणा–पत्र जारी
  • दमक, ४ कार्तिक ।

झापाको दमकमा तीनदेखि जारी लिम्बू विद्यार्थी प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन बिहीबार औपचारिक रूपमा समापन भएको छ । कार्तिक २ गतेदेखि जारी महासम्मेलन विविध कार्यक्रमसहित सम्पन्न भएको हो ।
भारतका विभिन्न प्रान्त, बर्मा, भूटान र अमेरिकाका प्रतिनिधिसमेत पाँच सय जना प्रतिनिधि सहभागी महासम्मेलनले सात बुँदे दमक घोषणा–पत्र जारी गरेको लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष एवम् महासम्मेलन संयोजक आङ्बुहाङ अवोध अविरलले जानकारी दिनुभयो । press-meet-2
मञ्चले दमकमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा घोषणापत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा संसारभरका आदिवासी लिम्बूहरूको भाषिक र साँस्कृतिक एकता साथै आपसी समन्वय, भातृत्वको भावना गराउने, आदिवासी लिम्बूको पहिचान झल्किने ऐतिहासिक पहिरन, जातीय भेषभूषा लगायत ऐतिहासिक स्थलहरूको सरकारी निकायबाठ संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गरिनुका साथै पर्यटकीय स्थलका रूपमा विकास गराउन पहल गर्ने, संसारभरका लिम्बू विद्यार्थीहरूलाई जोड्ने महासंघ निर्माण गर्ने, लिम्बू मातृभाषामा शैक्षिक पठनपाठनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न भगिरथ प्रयत्न गर्ने लगायत विषय समावेश छन् । त्यस्तै लिम्बू समुदायमा आफ्नो नाम लिम्बू भाषामा राख्न अभियान सञ्चालन गर्ने र आगामी तीन वर्षमा लिम्बू विद्यार्थीको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गर्ने महासम्मेलनले घोषणा गरेको हो ।  mass-meetingकार्तिक २ गते दमकको किरात भवनमा अन्तर्राष्ट्रिय महासम्मेलको संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले उद्घाटन गर्नुभएको थियो । लिम्बू पहिचान र सभ्यताको विकासक्रमलाई जोडेर लिम्बू मोडलहरुले भेषभुषा प्रर्दशन गरिएको थियो । त्यस्तै ३ गते विभिन्न राष्ट्रहरुमा अध्ययनरत लिम्बू विद्यार्थी र प्रोफेसरहरुबाट विभिन्न शीर्षकमा कार्यपत्र पेश गरेका थिए । कार्यपत्रहरूमाथि टिप्पणी र वहस गरिएको थियो । घोषण–पत्रमा नेपालकातर्फबाट लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष आङबुहाङ अबोध अविरल, दार्जिलिङवाट असेस काम्बाङ, भूटानवाट प्रेम लिङ्देन, आसामबाट वीरेन्द्र सुब्बा, सिक्किमबाट कौशिला सुब्बा र अमेरिकाबाट धिरेन्द्र नाल्बोले हस्ताक्षर गरेका छन् ।
उद्घाटनशत्रमा विभिन्न राजनीतिक पार्र्टी प्रतिनिधि, विद्यार्थी संघ–संगठनका नेताहरुले शुभकामना व्यक्त गरेका थिए । यस्तै गायक दीपक लिम्बू, पूर्व मिस नेपाल सुविन लिम्बू, मोडल एवम् कलाकार उपासना नेम्बाङले मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । modeling

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...