दमकमा डेंगुको १९ जना बिरामी - Naya Online

दमकमा डेंगुको १९ जना बिरामी

दमक, ४ कार्तिक ।
झापाको दमकमा दशैंयता डेंगु रोगको संक्रमण बढेको छ । १५ दिन यता दमकमा १९ जनालाई डेंगु संक्रमण देखिएको हो ।
डेंगु संक्रमित बिरामीहरूको दमकस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । अस्पतालहरूमा दैनिक चार जना भन्दा बढी डेंगु संक्रमित बिरामी उपचारका लागि आउने गरेको बताइएको छ । aedes-albopictus
कार्तिक महिना सुरुभएसँगै चार दिनमा मात्रै दमकस्थित एड्भान्स हेल्थ केयर सेन्टरमा उपचाररत १२ जना बिरामीलाई डेंगुको संक्रमण भएको प्रमाणित भएको अस्पतालका मेडिकल डाईरेक्टर डा. सन्तोष सुवेदीले जानकारी दिनुभयो ।
संक्रमित मध्ये १० जना पुरुष र दुई जना महिला रहेका छन् । यस्तै लाईफलाईन अस्पातलमा पाँच जना डेंगु संक्रमित बिरामी फेला परेका हुन् । यस अघि धरानमा उपचाररत दमकका एक जनामा डेंगुको संक्रमण फेला परेको थियो । डेंगुका बिरामी दमक र नजिकका गाउँहरूबाट उपचार गर्न आएका लाईफलाईन अस्पतालका अध्यक्ष बालचन्द्र सुब्बाले जानकारी दिनुभयो । डेंगुका विरामी बढेसँगै जनस्वास्थ्य कार्यालयसँग सहकार्य गरेर निःशुल्क उपचारको ब्यवस्था मिलाइएको अध्यक्ष सुब्बाले बताउनुभयो । ki17dengue_eps_1489770f
दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा उपचाररत एक जना बिरामीमा पनि डेंगु रोगको संक्रमण देखिएको अस्पतालले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश प्रसाई नर्भिक अस्पतालमा उपचाररत हुनुहन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले प्रत्येक वर्ष जनचेतनामूलक कार्यक्रम गर्दै आएको भए त्यो औपचारिकतामा मात्र सीमित रहेको सरोकारवालाहरूले गुनासो गरेका छन् । चिकित्सकहरूका अनुसार मानिसमा एडिज एजिप्टी जातको पोथी लामखुटेले टोक्दा डेंगुको संक्रमण सर्दछ । डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, वान्ता हुने, जोर्नीका हाडहरु दुख्ने, शरीरमा प्लेटलेस कम भएपछि निलो, रातो डामहरू देखापर्ने हुन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...