त्रीपक्षीय गोवा भेट र यसले देखाएको संकेत - Naya Online

त्रीपक्षीय गोवा भेट र यसले देखाएको संकेत

कमन देवान

भारतको पर्यटकीय सहर गोवामा जारी ब्रिक्स सम्मेलनमा आतिथ्यताका लागि पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई छिमेकी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग विशिष्ट वार्ता गर्नुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन पिङसँग प्रधानमन्त्री प्रचण्डले गर्नुभएको वार्तालाई यतिबेला नेपाली राजनीतिमा निक्कै महत्वका साथ हेरिएको छ ।
नेपालसँग सीमा जोडिएका दुई मुलुकका प्रमुखहरूसँगको त्रीपक्षीय वार्तामा तीन वटै मुलुकको सामरिक विकास र हित अभिवृद्धि बारे कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूबाट बाहिर आएका छन् ।

त्रिपक्षीय भेटको तस्वीरआणविक शक्तिमा प्रतिस्पर्धा गरिरेहका दुवै मुलुक जनसंख्याका दृष्टिले विश्वमै कहलिएका मुलुक हुन् भने राजनीतिक मानेमा पनि जनगणतन्त्रको विरासत थामेर चीनले विश्वमाझ साम्यवादी शासनको वकालत गर्दै आएको छ । यता भारतले बहुदलीय लोकतन्त्रको विरासत जोगाएर विश्वकै ठूलो लोकतान्त्रिक मुलुकका रूपमा आफूलाई उभ्याउँदै आएको छ ।
समाचार स्रोतहरूमा जनाइएअनुसार प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच औपचारिक कुराकानी भइरहेका बेला भारतीय प्रधानमन्त्री मोदी प्रवेश गरेका हुन् । दुई पक्षीय भनिएको वार्तामा मोदीको प्रवेशसँगै वार्ता तीन पक्षीय बनेको बताइएको छ । तीन नेताबीच सामरिक विषयहरूमा करिब २० मिनेट कुराकानी भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डको ट्वीटर वालमा राखिएको तस्वीरअनुसार प्रचण्ड, सी र मोदीबीच चलेको छलफलमा प्रधानमन्त्री पत्नी सीता दाहालको पनि सहभागिता रहेको देखिन्छ ।
यता चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको छुट्टै अनौपचारिक भेट भएको भन्दै प्रचण्डको निजी सचिवालयले ‘भेटमा मुख्यतः दुई देशको विकास चिनियाँ राष्ट्रपति सीले निकट भविष्यमा गर्ने भनिएको नेपाल भ्रमण र दुई देशको सम्बन्ध बारे खुलस्त छलफल भएको’ भनी जनाएको छ ।
विश्व अर्थतन्त्रका उदयीमान मुलुकहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स बैंकको शिखर सम्मेलनमा सहभागी हुन प्रचण्ड भारतको गोवामा हुनुहुन्छ । ब्रिक्स शिखर सम्मेलनसँगै (नेपाल पनि सदस्य रहेको आर्थिक मञ्च) बिम्सटेक बैठकका लागि भारतको गोवा पुग्नुभएका उहाँले सोही अवसरमा दुई छिमेकी मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखसँग कुराकानी गर्नुभएको हो । शनिबार भएको त्रीपक्षीय वार्तालाई नेपाल, चीन, भारतलगायत दक्षिण एसियामै रणनीतिक महत्वका दृष्टिले उच्च मानिएको छ ।

बिम्सटेक बैठकमा सहभागी प्रधानमन्त्री प्रचण्डसहित अन्य ।
भेटपछिको प्रतिक्रियाका रूपमा गरिएको ट्वीटअनुसार प्रचण्डलाई उद्धृत गर्दै भनिएको छ –‘हामी दुई देश (भारत र चीन)बीच गतिशील पुल बनेर लाभ उठाउन चाहन्छौं । मैले भेटमा रणनीतिक साझेदारीको विषयमा महत्व दिएर कुरा राखेँ । भारतका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ र हामी यसमा सहमत छौं भन्नुभयो ।’
प्रधानमन्त्री प्रचण्डले गोवामा गर्नुभएको त्रीपक्षीय वार्ता र छलफल समयको सदुपयोगका दृष्टिले महत्वपूर्ण मानिए पनि यसलाई समग्र पाटोबाट सफल भनिहाल्ने अवस्था छैन । यद्यपि, यति हाइप्रोफाइलमा भएको यो भेटघाटलाई आगामी दिनमा नेपाल पक्षले चाहे त्रीपक्षीय सम्बन्ध विस्तारका लागि ‘टर्निङ प्वाइन्ट’ फेला पार्न टाढा छैन भन्ने सन्देश भने मिलेको मान्न सकिन्छ ।
नेपालको समृद्धिका लागि आन्तरिक मामिला मुख्य पक्ष हो । मुलुकको आन्तरिक समस्या समाधान गर्दै छिमेकी मुलुकहरूसँग व्यापारलगायत अन्य दुरगामी महत्वका योजनाहरूमा साझेदारिता कायम गर्दै अघि बढ्न भने अब सकिन्छ भन्ने शुभसंकेत देखिएको छ । यो संकेतलाई दिशा निर्देश गर्न नेपाल बढी अग्रसर हुन जरुरी छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...