लिम्बू विद्यार्थीको अन्तर्राष्ट्रिय सम्मेलन तयारी पूरा - Naya Online

लिम्बू विद्यार्थीको अन्तर्राष्ट्रिय सम्मेलन तयारी पूरा

दमक, ३० असोज ।
लिम्बू विद्यार्थी मञ्चले आयोजना गरेको लिम्बू विद्यार्थी प्रथम अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी सकिएको छ ।
महासम्मलेन आयोजक मूल समारोह समितिका संयोजक एवम् लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष मनकुमार आङ्बुहाङ (अवोध अविरल) ले महासम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।press-meet
आइतबार झापाको दमकमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदै आङ्बुहाङले महासम्मेलनको उद्घाटनमा प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई प्रमुख अतिथिका रूपमा डाकिएको भए पनि भारतमा जारी ब्रिक्स सम्मेलनका कारण उहाँ सहभागी नहुने स्पष्ट पार्नुभयो । महासम्मेलनको उद्घाटन स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जबेगूले गर्नुहुने तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्तिक २, ३ र ४ गते झापाको दमकमा हुने महासम्मेलनमा नेपालसहित भारतको सिक्किम, दार्जिलिङ, आसामबाट प्रतिनिधि आउने बताइएको छ । त्यस्तै भूटान र वर्माबाट पनि प्रीतनिधि सहभागी हुने छन् । लिम्बू मातृभाषाको पाठ्यक्रम विकास र विस्तार, लिम्बू मुन्धुम र संस्कृतिका सम्बन्धमा नेपाल र भारतलगायत अन्य मुलुकमा विद्वानहरूले आधा दर्जन बढी कार्यपत्र महासम्मेलनमा पेश हुने लिवि मञ्चले जनाएको हो ।
कार्यक्रममा लिम्बू विद्यार्थीको अन्तर्राष्ट्रिय सञ्जाल निर्माण र महासम्मेलनपछि दमक घोषणापत्र जारी गर्ने तयारी रहेको अध्यक्ष आङ्बुहाङले स्पष्ट पार्नुभयो । महासम्मेलनका लागि १३ लाख बढी खर्च अनुमान गरिएकोमा विभिन्न मुलुकस्थित किरात याक्थुङ चुम्लुङबाट आर्थिक सहयोग भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । त्यस्तै, महासम्मेलनको मुख्य प्रायोजक सत्यहाङ्मा कोलोनी लगायत अन्य संघसंस्थाबाट आर्थिक, जिन्सी र खाद्यान्न सहयोग प्राप्त भएको बताइएको हो ।
लिम्बू परम्परा र संस्कृति झल्कने फेशन शोसमेत हुने कार्यक्रममा पूर्व मिस नेपाल सुविन लिम्बूको कोरियोग्राफी रहने छ । नेपाली तारा दीपक लिम्बू, गायकहरू ब्रविन शेर्मा, बादल लिम्बू, सुनिता थेगिमलगायतले विशेष प्रस्तुति गर्ने छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...