लिम्बू विद्यार्थीको अन्तर्राष्ट्रिय सम्मेलन तयारी पूरा - Naya Online

लिम्बू विद्यार्थीको अन्तर्राष्ट्रिय सम्मेलन तयारी पूरा

दमक, ३० असोज ।
लिम्बू विद्यार्थी मञ्चले आयोजना गरेको लिम्बू विद्यार्थी प्रथम अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी सकिएको छ ।
महासम्मलेन आयोजक मूल समारोह समितिका संयोजक एवम् लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष मनकुमार आङ्बुहाङ (अवोध अविरल) ले महासम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।press-meet
आइतबार झापाको दमकमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदै आङ्बुहाङले महासम्मेलनको उद्घाटनमा प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई प्रमुख अतिथिका रूपमा डाकिएको भए पनि भारतमा जारी ब्रिक्स सम्मेलनका कारण उहाँ सहभागी नहुने स्पष्ट पार्नुभयो । महासम्मेलनको उद्घाटन स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जबेगूले गर्नुहुने तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्तिक २, ३ र ४ गते झापाको दमकमा हुने महासम्मेलनमा नेपालसहित भारतको सिक्किम, दार्जिलिङ, आसामबाट प्रतिनिधि आउने बताइएको छ । त्यस्तै भूटान र वर्माबाट पनि प्रीतनिधि सहभागी हुने छन् । लिम्बू मातृभाषाको पाठ्यक्रम विकास र विस्तार, लिम्बू मुन्धुम र संस्कृतिका सम्बन्धमा नेपाल र भारतलगायत अन्य मुलुकमा विद्वानहरूले आधा दर्जन बढी कार्यपत्र महासम्मेलनमा पेश हुने लिवि मञ्चले जनाएको हो ।
कार्यक्रममा लिम्बू विद्यार्थीको अन्तर्राष्ट्रिय सञ्जाल निर्माण र महासम्मेलनपछि दमक घोषणापत्र जारी गर्ने तयारी रहेको अध्यक्ष आङ्बुहाङले स्पष्ट पार्नुभयो । महासम्मेलनका लागि १३ लाख बढी खर्च अनुमान गरिएकोमा विभिन्न मुलुकस्थित किरात याक्थुङ चुम्लुङबाट आर्थिक सहयोग भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । त्यस्तै, महासम्मेलनको मुख्य प्रायोजक सत्यहाङ्मा कोलोनी लगायत अन्य संघसंस्थाबाट आर्थिक, जिन्सी र खाद्यान्न सहयोग प्राप्त भएको बताइएको हो ।
लिम्बू परम्परा र संस्कृति झल्कने फेशन शोसमेत हुने कार्यक्रममा पूर्व मिस नेपाल सुविन लिम्बूको कोरियोग्राफी रहने छ । नेपाली तारा दीपक लिम्बू, गायकहरू ब्रविन शेर्मा, बादल लिम्बू, सुनिता थेगिमलगायतले विशेष प्रस्तुति गर्ने छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...