जनकपुरधाम, २५ असोज । बडादसैँको दशमीका दिन आज तराई मधेसमा यात्रा पर्व मनाइँदै छ ।
दशमीका दिनलाई स्थानीय भाषामा जतरा पनि भनिन्छ । यस दिन देवी दुर्गा भवानीको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ ।
विजयादशमीका दिन दसवटै द्वार खुल्ला रहने मान्यताअनुसार कुनै पनि शुभकार्यंका लागि मार्ग प्रशस्त हुने धार्मिक मान्यताका कारण यस दिन जुनसुकै दिशातर्फ यात्रा गर्दा साइत हेर्नु नपर्ने बताइन्छ ।
यस दिन नीलकण्ठ चराको दर्शन शुभ मानिन्छ । यसका लागि नीलकण्ठ भएको गुँड रहेको रुखलाई पहिले नै ठम्याएर राखिने गरिन्छ ।
यात्राका दिन सामूहिक रूपमा आस्थावानहरू कागज, कलम लिई नीलकण्ठ चरालाई रुखबाट उडाएर दर्शन गरी त्यस स्थानमा केही श्लोक कागजमा लेख्ने परम्परा पनि यस क्षेत्रमा रहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।