रत्ननगर अस्पतालमा पहिलोपटक डेङ्गुको निःशुल्क परीक्षण - Naya Online

रत्ननगर अस्पतालमा पहिलोपटक डेङ्गुको निःशुल्क परीक्षण

रत्ननगर (चितवन), २५ असोज । रत्ननगर क्षेत्रमा डेङ्गु रोगको सङ्क्रमण बढेपछि रत्ननगर अस्पतालमा पहिलोपटक निशुल्क परीक्षण थालिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले निःशुल्क परीक्षण थालेपछि यहाँ अहिले बिरामीको चाप बढिरहेको बताउनुभयो ।

डेङ्गु सङ्क्रमण देखिएपछि सरकारले रत्ननगर अस्पतालका लागि ११५ वटा किट उपलब्ध गराएर यहाँ निःशुल्क परीक्षण थालिएको हो ।

यसअघि भरतपुर अस्पताल र अन्य मेडिकल कलेजमा मात्रै निःशुल्क परीक्षण हुँदै आएको डेङ्गु योपटक भने रत्ननगरमा समेत निःशुल्क परीक्षण हुन थालेको हो ।

रत्ननगरमा दसैँका बेलामा डेङ्गु सङ्क्रमण झन बढेकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले थप ५० वटा किट उपलब्ध गराएको महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिनुभयो ।

उहाँकै नेतृत्वमा जिल्लामा तीनदिनअघि रोग नियन्त्रणका लागि यहाँ केन्द्रीय टोलीले ५० थान किट दिएको र केही किट जिल्ला जनस्वास्थ्य कार्यालमा समेत किट स्टक राखिएको कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
चितवनमा पछिल्लो प्रतिवेदनअनुसार ६०० जनाको परीक्षणमा कुल १२५ जनामा डेङ्गु सङ्क्रमण भएकामा १०४ बिरामी चितवन निवासी छन् । उनीहरुमध्ये ८५ जना रत्ननगरका बिरामी रहेको केसीले बताउनुभयो ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गुको आरएनए समूहको फ्लभी भाइरस मानिसमा सर्दा यो रोग लाग्छ ।

कुनै पनि भाँडामा एकहप्ताजति जमेको सफा पानीमा यो लामखुट्टे हुर्कने भएकाले पानी जम्न नदिनु नै रोगबाट बच्ने मुख्य उपाय भएको बताइएको छ । रासस

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...