रैथाने बाली लोप हुँदै - Naya Online

रैथाने बाली लोप हुँदै

बाबियाचौर (म्याग्दी), २४ असोज । नयाँ जातको विकास र विस्तारसँगै यहाँ रैथाने बाली लोपोन्मुख अवस्थामा पुगेका छन् ।

उत्पादन वृद्धिका लागि नयाँ जातको खेती गर्ने क्रमसंँगै स्थानीय घैया, आँगा, अनदी धान, जुनेलो, गहत लगायत जातका बाली लोप हुँदै गएका हुन् । पानी नचाहिने, ढिला रोपे पनि छिटो पाक्ने र सुख्खा सहने विशेषता बोकेका घैया र आँगा जातको धान अधिकांश स्थानबाट लोप भैसकेको छ ।
मध्यपहाडी क्षेत्रमा लगाउन सकिने आँगा धानको चामल र भात रातो रङको हुन्छ । उच्च पहाडी क्षेत्रमा गह्रा, फाँट नभएको ठाउँमा पनि हुने घैया धानका लागि सिंचाइ आवश्यक पर्दैन । पोसिलो मानिने घैया र आँगा औषधीय गुण बोकेका धान हुन् ।

तल्लो क्षेत्रमा हुने चोट पटक लागेको अवस्थामा औषधिका रूपमा प्रयोग गरिने अनदी जातको धान पनि बिस्तारै खेती हुन छाडेको बाबियाचौर–८, रणवाङका कृषक लक्षिनबहादुर मल्लले बताउनुभयो ।
नयाँ बाली र बीउतर्फ बढेको आकर्षणसँंगै नयाँ पुस्तालाई पुरानो बालीका बारेमा ज्ञान नहुँदा लोप हुन थालेको मल्लको भनाइ छ । गहुँ, जौ र उवाको स्थानीय जातको खेती पनि घट्दो क्रममा छ । धार्मिक कार्यमा प्रसादका रूपमा प्रयोग हुने र खाँदा स्वादिलो मानिने फुला उठ्ने जुनेलो पनि लोप हुन लागेको अर्को बाली हो ।

बारीको डिलमा लगाइने जुनेलोसँगै दालका रूपमा उपभोग गर्न सकिने गहतको पनि खेती घट्दै गएको जिल्ला कृषि विकास कार्यालय, बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । कार्यालयले स्थानीय बालीको महत्वका बारेमा कृषकलाई जानकारी गराउने र संरक्षणमा अग्रसर बनाउन पहल थालेको छ ।

रैथाने बालीले स्थानीय हावापानी, वातावरण र मौसम सहन सक्ने विशेषता बोकेका हुन्छन् । छिर्केमिर्के सिमी, मिठे र तिते फापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सी, दर्माली, गुडुरा, गौरीया, फुला उठ्ने साना दाना भएको मकै यहाँका रैथाने बाली हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...