सेनाद्वारा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सुरु - Naya Online

सेनाद्वारा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सुरु

काठमाडौँ, २४ असोज । नेपाली सेनाद्वारा दसँैंका बेला यात्रुको सुविधालाई ध्यानमा राखी काठमाडौँ उपत्यकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

एकादशीका दिनसम्म जारी रहने सो सेवा अन्तर्गत विभिन्न मार्गका लागि आठ गाडी सञ्चालन गरिएको छ । सो गाडीले नवमी र दसँैका दिन मध्याह्न १२ र साँझ ४ बजे दुई ट्रिप तथा एकादशीका दिन बिहान ६ बजे सेवा थप गरी तीन ट्रिप यात्रु ओसार्ने छ । उक्त सेवा अन्तर्गत पहिलो मार्गमा माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कालीमाटी, त्रिपुरेश्वर हुँदै रत्नपार्कमा सेवा सञ्चालन गरिएको छ ।

दोस्रो मार्गमा भद्रकाली, जमल, नारायणगोपालचोक, बुढानीलकण्ठ, बालाजु, सोह्रखुट्टे, कान्तिपथ हुँदै माइतीघर छ । तेस्रो मार्गमा माइतीघर, कलङ्की, थानकोट, स्वयम्भू, छाउनी, ताहाचल, टेकु हुँदै थापाथली तथा चौथामा माइतीघर, तीनकुने, गौशाला, जोरपाटी, नारायणगोपालचोक, लाजिम्पाट हुँदै कान्तिपथ छ ।

पाँचौँमा थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, सातदोबाटो, कोटेश्वर, चापागाउँ, तीनकुने, बानेश्वर र सहिदढोका छ । छैटौँमा थापाथली, कुपन्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सहिदढोका र रत्नपार्क छ । सातौँ मार्गमा चल्ने बस माइतीघर, कोटेश्वर, सूर्यविनायक हुँदै सोही मार्ग भई माइतीघर फर्कने छ । आठौँ मार्गका रूपमा सहिदढोका, कालीमाटी, छाउनी, स्वयम्भू, गङ्गबु, सामाखुसी हुँदै रत्नपार्क क्षेत्र रहेको छ ।

सेनाका प्रवक्ता ताराबहादुर कार्कीले दसैँका समयमा यात्रुलाई सेवासुविधा पु¥याउनका लागि निःशुल्क बससेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । एउटा गाडी ३० देखि ४० यात्रु क्षमताको रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख । सुर्खेत, भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको...

हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँः मन्त्री चौधरी

काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन...

काठमाडौँबाट धनकुटा आएको हायस मुलघाटमा दुर्घट्ना

धनकुटा । काठमाडौबाट धनकुटा आएको माइक्रो हायस धनकुटा ९, मुलघाटमा अनियन्त्रित भई ५० फिट...

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

सुनसरी, ३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुनसरीको धार्मिक...

धादिङको थाक्रे गाउँपालिका वडा नं ३ झण्डाचुलीमा झण्डातोलन कार्यक्रम सम्पन्न

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डातोलन कार्यक्रम...

नयाँ वर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा

नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्षझैँ भगवान...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...

सहिद बान्तावाको स्मृति र अर्को संयोग ‘उपनिर्वाचन’

सजन राई माङसेबुङ, २८ चैत । निरंकुश पञ्चायतले ४५ वर्षअघि २७ वर्षीय लक्का जवान...