एसियाली छनोट खेलमा नेपाली टोली पराजित - Naya Online

एसियाली छनोट खेलमा नेपाली टोली पराजित

क्रिकेट जननी इंग्ल्यान्ड पराजित

काठमाडौं, २४ असोज । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गतको एसियाली छनोटको दोस्रो खेलमा पनि नेपाली टोली पराजित भएको छ ।
हङकङको मोङकोकमा रहेको मिसन रोड मैदानमा भएको दोस्रो खेलमा आज पनि नेपाल ३ विकेटले पराजित भएको हो । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाउदै मात्र ७६ रन जोड्न सफल भएको थियो । ७७ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको थाइल्यान्डले प्रस्तुत लक्ष्य मात्र १८ दशमलब ४ ओभरमा ७ विकेट भेटाउँदा नेपाल ३ विकेटले पराजित भएको हो । यस अघि पहिला ब्याटिङ गरेको नेपालका लागि निर्मला शाहीले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्स वुमनले दोहोरो अंक जोड्न सकेनन ।
कप्तान रुबिना क्षेत्री ७ रन तथा सरिता मगर ४ रनमा अविजित रहिन । थाईल्याण्डका लागि नटिया बूचाथम, वोङपाका लिएन्गप्रसेर्त, सुलेपोर्न लाओमी र रक्ताना सङसोमाले एक–एक विकेट लिए । पराजितसंगै अर्को वर्ष हुने विश्वकपको लागि ग्लोंबल छनोट प्रतियोगितामा सहभागिताको लागि नेपालको सम्भावना टरेको छ । प्रतियोगितामा नेपालले अब बुधबार चीनसँग खेल्नेछ । टि ट्वान्टी फम्र्याटमा हुने नेपाल सम्मिलित एसियाली छनोटमा आयोजक हङकङ, चीन र थाइल्याण्ड राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्दै छन । एसियाली छनोटको शीर्ष स्थानमा रहने टोलीले २०१७ मा हुने ग्लोबल छनोटमा भाग लिनेछ ।
ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन् । ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारमा पर्ने टोली इंग्ल्यान्ड महिला विश्वकपमा छनोट हुनेछ ।

त्यसैगरी बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा क्रिकेट जननी इंग्ल्यान्ड पराजित भएको छ ।
बंगलादेशको मिरपुरमा भएको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड बंगलादेशसंग ३४ रनले पराजित भएको हो । बंगलादेशको मिरपुरस्थित शेरे बंगला क्रिकेट मैदानमा घरेलु टोली बंगलादेशले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड इंग्ल्यान्ड ४४ ओभर ४ बलमा अलआउट हुदै २ सय ४ रनमा समेटियोको थियो । इंग्ल्यान्डका लागि जोस बटलरले अर्धशतकी पारी खेले पनि इंग्ल्यान्ड पराजित भयो बंगलादेशका कसिलो बलिङसामु बटलरले ५७ रन जोड्दा जोनी ब्रिष्टोवले ३५ रन जोडे । त्यस्तै अदिल रशिदले अविजित ३३ रन बनाए भने ज्योक्याब बलले २८ रन जोडे । इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका माश्राफे मोर्टाजाले ४ तथा तास्किन अहमेदले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय ३८ रन जोडेको थियो ।
बंगलादेशका लागि मोहमदउल्लाहले ७५ रन तथा माश्राफे मोर्टाजाले अविजित ४४ रन जोडे । त्यस्तै नासिर हुसेन २७ रनमा अविजित रहदा मुशाफिकर रहिमले २१ रन बनाए । इंग्ल्यान्डका क्रिस वोकस , अदिल रशिद र ज्योक्याब बलले समान दुई दुई विकेट लिए । दोस्रो एकदिवसीयमा बंगलादेश विजयी भएसंगै दुई टोलीबीचको तीन खेलको सिरिज १ – १ को बराबरी भएको छ । पहिलो एकदिवसीय भने इंग्ल्यान्डले २१ रनले जितेको थियो । अब दुई टोलीबीचको अन्तिम एकदिवसीय बुधबार हुनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...

जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पायो पूर्णता

तेह्रथुम, ११ कात्तिक । करिव २ वर्षको रिक्ततापछि जिल्ला खेलकुद विकास समिति तेह्रथुमले पूर्णता...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...