तिम्सिनालाई आमा सम्मान प्रदान - Naya Online

तिम्सिनालाई आमा सम्मान प्रदान

झापा । अम्बिका प्रतिष्ठान झापाले हरेक वर्ष प्रदान गर्ने ‘आमा सम्मान’ झापा गरामनी–३ हर्चनाकी सामाजिक कार्यकर्ता किरण तिम्सिनालाई प्रदान गरिएको छ । शनिश्चरे बजारस्थित सामुदायिक हलमा आयोजित विशेष समारोहका बीच साहित्यकार तथा पत्रकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित उक्त पुरस्कार सामाजिक सेवाको क्षेत्रमा ३ दशकभन्दा लामो समयदेखि क्रियाशील तिम्सिनालाई प्रदान गरिएको हो ।
aama-samman-kiran-timsina

तिम्सिनालाई ११ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । प्रमुख अतिथि देवकुमारी कपिलले सम्मानपत्र, कार्यक्रमकी सभापति कमला मैनाली र प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराईले नगद पुरस्कारले तिम्सिनालाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
ताप्लेजुङको फुङलिङ–३ निबासी आमा जानुका र बुवा शेषराज पौडेलकी जेठी सुपुत्री किरणको जन्म विक्रम् सम्बत् २०१४ सालमा भएको हो । उनको विवाह वि.सं. २०३२ सालमा पाँचथर थर्पु–३ का गणेश तिम्सिनासँग भयो । विवाह भएकै वर्षमा श्रीमान गणेश तिम्सिनाका साथ झापा भएकी किरणले वि.सं. २०४१ सालमा पतिवियोग सहनु प¥यो । प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराईका अनुसार छोरीहरु र छोराप्रतिको गहन जिम्मेवारीलाई काँधमा लिएर उनीहरुलाई समाजमा स्थापित हुन अभिप्रेरित गरिरहेकी हुनाले सामाजिक अगुवा किरण तिम्सिनालाई सम्मान गरिएका हो । भट्टराईले सामाजिक र व्यावहारिक रुपमा आफ्ना सन्तानलाई परिपक्क पार्न सफल भएकाले र छुट्टै सामाजिक पहिचान स्थापित गर्न सफल भएकाले तिम्सिनालाई आमा सम्मान प्रदान गरिएको जनाए ।
कमला मैनालीको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष कुमार भट्टराईले स्वागत मन्तव्यसँगै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि देवकुमारी कपिल, साहित्यकार भीष्म उप्रेती, सम्मानित व्यक्तित्व किरण तिम्सिना र शनिश्चरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष छत्रमणि ढकालले मन्तव्य व्यक्त गरेका थिए । प्रतिष्ठानका सचिव केशव मैनालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुरस्कृत तिम्सिनाको जीवनी पत्रकार अशोक अधिकारीले प्रस्तुत गरेका थिए ।
पुरस्कार हरेक वर्ष दशैंको अष्टमीमा प्रदान गरिदै आएको छ । यसअघि, २०६७ मा गरामनीकै रेनुका रसाइली, २०६९ मा अर्जुनधारा–२ निवासी पार्वतीदेवी सुबेदी, २०७० सालमा अनारमनीकी विष्णुमाया गौतम, २०७१ मा विर्तामोड–२, चारपानेकी शशिकला राय र २०७२ मा भद्रपुर–६ की चित्रकला कोइरालालाई उक्त सम्मान प्रदान गरिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...