तिम्सिनालाई आमा सम्मान प्रदान - Naya Online

तिम्सिनालाई आमा सम्मान प्रदान

झापा । अम्बिका प्रतिष्ठान झापाले हरेक वर्ष प्रदान गर्ने ‘आमा सम्मान’ झापा गरामनी–३ हर्चनाकी सामाजिक कार्यकर्ता किरण तिम्सिनालाई प्रदान गरिएको छ । शनिश्चरे बजारस्थित सामुदायिक हलमा आयोजित विशेष समारोहका बीच साहित्यकार तथा पत्रकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित उक्त पुरस्कार सामाजिक सेवाको क्षेत्रमा ३ दशकभन्दा लामो समयदेखि क्रियाशील तिम्सिनालाई प्रदान गरिएको हो ।
aama-samman-kiran-timsina

तिम्सिनालाई ११ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । प्रमुख अतिथि देवकुमारी कपिलले सम्मानपत्र, कार्यक्रमकी सभापति कमला मैनाली र प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराईले नगद पुरस्कारले तिम्सिनालाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
ताप्लेजुङको फुङलिङ–३ निबासी आमा जानुका र बुवा शेषराज पौडेलकी जेठी सुपुत्री किरणको जन्म विक्रम् सम्बत् २०१४ सालमा भएको हो । उनको विवाह वि.सं. २०३२ सालमा पाँचथर थर्पु–३ का गणेश तिम्सिनासँग भयो । विवाह भएकै वर्षमा श्रीमान गणेश तिम्सिनाका साथ झापा भएकी किरणले वि.सं. २०४१ सालमा पतिवियोग सहनु प¥यो । प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराईका अनुसार छोरीहरु र छोराप्रतिको गहन जिम्मेवारीलाई काँधमा लिएर उनीहरुलाई समाजमा स्थापित हुन अभिप्रेरित गरिरहेकी हुनाले सामाजिक अगुवा किरण तिम्सिनालाई सम्मान गरिएका हो । भट्टराईले सामाजिक र व्यावहारिक रुपमा आफ्ना सन्तानलाई परिपक्क पार्न सफल भएकाले र छुट्टै सामाजिक पहिचान स्थापित गर्न सफल भएकाले तिम्सिनालाई आमा सम्मान प्रदान गरिएको जनाए ।
कमला मैनालीको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष कुमार भट्टराईले स्वागत मन्तव्यसँगै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि देवकुमारी कपिल, साहित्यकार भीष्म उप्रेती, सम्मानित व्यक्तित्व किरण तिम्सिना र शनिश्चरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष छत्रमणि ढकालले मन्तव्य व्यक्त गरेका थिए । प्रतिष्ठानका सचिव केशव मैनालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुरस्कृत तिम्सिनाको जीवनी पत्रकार अशोक अधिकारीले प्रस्तुत गरेका थिए ।
पुरस्कार हरेक वर्ष दशैंको अष्टमीमा प्रदान गरिदै आएको छ । यसअघि, २०६७ मा गरामनीकै रेनुका रसाइली, २०६९ मा अर्जुनधारा–२ निवासी पार्वतीदेवी सुबेदी, २०७० सालमा अनारमनीकी विष्णुमाया गौतम, २०७१ मा विर्तामोड–२, चारपानेकी शशिकला राय र २०७२ मा भद्रपुर–६ की चित्रकला कोइरालालाई उक्त सम्मान प्रदान गरिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...