मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान सुरु - Naya Online

मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान सुरु

काठमाडौं, २१ असोज ।

विश्व मानसिक दिवसको अवसरमा देखि मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान बिहीवारदेखि सुरु भएको छ । abhiyanस्वास्थ्य मन्त्रालयमा आयोजिक कार्यक्रमका बीच स्वास्थ्यमन्त्री गगन थापाले अभियान शुभारम्भ गर्नुभएको हो । मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशील अमृता फाउण्डेशन नेपाल र प्रथम पाइला राष्ट्रिय मासिकको संयुक्त आयोजनामा अभियान सुरु भएको हो ।
‘प्राथमिक मनोवैज्ञानिक सहयोग’ भन्ने नाराका मनाउन लागिएको यस वर्षको विश्व मानसिक दिवसको अवसरमा सुरु भएको अभियानमा बिरामीहरुलाई मनोपरामर्श अभियान चलाउने, पोषण परामर्श सेवा, मनोचिकित्सा सेवा, संगीतबाट उपचार गर्ने अभियान, पारिवारिक एवं वैवाहिक मनोपरामर्श तथा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
विश्वमा ४५ करोड र नेपालमा हाल ५० देखि ६० लाख कुनै न कुनै किसिमका मनोरोगी रहेको फाउण्डेशनले जनाएको छ । ठूलो संख्यामा मनोरोग भए पनि स्वास्थ्यको वार्षिक बजेटमा भने ०.५ प्रतिशतमात्र बजेट बिनियोजन गरिनुले मानसिक स्वास्थ्यका विषय उपेक्षामा परेको सरोकारवालाहरुको गुनासो छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल

काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...