लिम्बू विद्यार्थी प्रथम अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी - Naya Online

लिम्बू विद्यार्थी प्रथम अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी

कमन देवान

लिम्बू विद्यार्थी मञ्चको नदिकिँदो अन्तर्राष्ट्रिय महासम्मेलनको तयारीमा जुटिरहेका तन्नेरीहरू यतिबेला बेफुर्सदिलो हतारोमा छन् । अझ यसो भनौं, ‘जर्मनको धावा’मा लागेका उनीहरू दशैंको पनि पर्वाह नगरि काममा अभ्यस्त छन् । लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष एवम् प्रथम लिम्बू विद्यार्थी अन्तर्राष्ट्रिय महासम्मलेन आयोजक मूल समितिका अध्यक्ष मनकुमार आङ्बुहाङ (अवोध अविरल) भन्दै थिए –‘ठूलो उत्साह र चुनौतिका साथ काम गरिरहेका छौं । महासम्मेलनका लागि हामीले तय गरेका तीन वटा रणनीति अनुसार अहिले अन्तिम अर्थात तेस्रो रणनीतिको काम सम्पन्न गर्नेमा जुटेका छौं ।’ img_7697
मनकुमारसँगै अहिले महासम्मेलनको तयारीका लागि गठित सचिवालयमा रहेर विभिन्न जिम्मेवारी लिएर काम गरिरहेका छन् अभिषेक माबो, विक्रम शेर्मा, गुल्सन आङ्बुहाङ, योबाहाङ तुम्बाहाङफे, फिपराज बेघा, नितेष सिंगक, उत्सव सम्बाहाङ्फे, विक्रम सम्बाहाङफे र अरु थुप्रै लिम्बू युवाहरू ।
तयारीका तीन चरण

sticarपहिलो चरण  : जसमा पहिलो पटक महासम्मेलनको तयारी बारे विभिन्न क्षेत्रका विज्ञ, लिम्बू अगुवाहरूसँग इलाम र पान्थरका विभिन्न स्थानमा अन्तरक्रिया गरिए । सुनसरीको धरानमा विशेष अन्तरक्रिया भयो । जसले प्रथम अन्तर्राष्ट्रिय लिम्बू विद्यार्थी महासम्मेलनको ठोस खाका तय गर्यो ।
दोस्रो चरण  : यस चरणअन्तर्गत महासम्मेलन बारे साझा नारा तय भयो र प्रचार अभियान थालनी भयो । भारतको सिक्किम, दार्जिलिङ, मिरिक हुँदै धनकुटा, सुनसरी, झापा, मोरङ, इलाम र काठमाडौंमा विभिन्न प्रचारात्मक छलफल भए । यहि चरणअन्तर्गत मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई महासम्मलेनको उद्घाटनसत्रमा प्रमुख आतिथ्यताका लागि निमन्त्रण दिने काम पनि सम्पन्न भयो । तर, भारतमा हुने तय भएको ब्रिक (ब्राजिल, रुस, भारत, चीन) बैंकको सम्मेलनमा मुलुकको प्रतिनिधित्व गरेर जानैपर्ने भएकाले प्रधानमन्त्री प्रचण्ड लगभग नआउने निश्चित भएको छ । सम्भवतः उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यक्रममा प्रमुख आतिथ्य गर्नुहुने आयोजक समितिको सचिवालयको दावी छ ।
तेस्रो चरण  : महासम्मेलन तयारीको यो अन्तिम चरणमा अहिले काम भइरहेको छ । तीन महिनादेखि झापाको दमकमा सचिवालय स्थापना गरेर घरदैलो कार्यक्रम, आर्थिक र जिन्सी सहयोग संकलन, भित्ते लेखन र वाल पेन्टिङ, पोष्टरिङ, रेडियोहरूमा जिंगल बजाउने र टेलिभिजनबाट महासम्मेलनबारे प्रोमो बजाउने काम सुचारु रहेको छ । त्यस्तै, कार्यक्रमको जानकारी बारे पुनर्ताजकी गराउन पत्रकार सम्मेलनहरू पनि भइरहेका छन् । त्यस्तै दटेज निर्माण र सहभागी तथा अतिथिहरूलाई स्वागत गर्नका लागि झापाको पूर्वी र पश्चिमी नाकालगायत पायक स्थानहरूमा स्वागत गेट निर्माणका कार्यक्रमले गति पाएका छन् ।
महासम्मेलनमा सहभागिता  :
limbu-bidharthi-manch-logo-finalप्रथम अन्तर्राष्ट्रिय लिम्बू विद्यार्थी महासम्मेलनमा सहभागी हुन लिम्बुवानको विभिन्न नौ जिल्लालगायत काठमाडौं उपत्यकाबाट र भारतको सिक्कम, दार्जिलिङ र आसामबाट प्रतिनिधि सहभागी हुने आयोजकको भनाइ छ । त्यस्तै, अमेरिका, भूटान र वर्माबाट सीमित प्रतिनिधित्व हुने छ । लिम्बू राजनीतिकर्मी, सांसद्हरू, कलाकार, साहित्यकार, पत्रकार, लिम्बू विद्यार्थी मञ्चका अगुवाहरू, किरात याक्थुङ चुम्लुङका नेतृत्व गण, भारतीय लिम्बू महासंघका अध्यक्ष एस आर खजुम, सिक्किम विश्वविद्यालयका उपकूलपति टंक सुब्बा लगायत पाँच सय जना भन्दा बढी प्रतिनिधि र अतिथिहरूको सहभागितामा महासम्मेलन कार्तिक २, ३ र ४ गते ( अक्टोबर १८, १९ र २०, २०१६) भर सञ्चालन हुनेछ ।

महासम्मेलनमा छलफल हुने निम्न विषयहरू  :

  • लिम्बू भाषा
  • मुन्धुम
  • लिम्बुवान स्वायत्तता
  • संस्कृति

उपरोक्त विषयहरूमा निम्न विद्वानहरूले कार्यपत्र प्रस्ततु गर्ने कार्यक्रम छ :
सिक्किमबाट
आशा सुब्बा, सहायक प्राध्यापक, सिक्किम विश्वविद्यालय
कोशिला सुब्बा, सहायक प्राध्यापक, सिक्किम गभर्मेन्ट कलेज
देवकी काम्बाङ, सहायक प्राध्यापक, सिक्किम गभर्मेन्ट कलेज
सृजना सुब्बा, सोधकर्ता, सिक्किम
नेपालबाट
प्रेम एक्तेन, सहायक प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
सीता मादेम्बा, सञ्चारकर्मी एवम् सोधकर्ता
कमल तिगेला, विद्यावारिधि उपाधिका लागि सोधकर्ता
पाउलिन आङ्बुहाङ, विद्यावारिध उपाधिका लागि सोधकर्ता, कोलोनेल विश्वविद्यालय, अमेरिका
डिबी आङ्बुङ, सोधकर्ता
प्रस्तुत कार्यपत्रहरूमाथि निम्न विद्वानहरूले टिप्पणी गर्ने कार्यक्रम छ :
डा. गोविन्द तुम्बाहाङ (त्रिभुवन विश्वविद्यालय)
डा. राजकुमार इजम (त्रिभुवन विश्वविद्यालय)
ध्रुव सुब्बा (सह–प्राध्यापक, त्रिभुवन विश्व विद्यालय)
प्राध्यापक जे आर पन्धाक (सिक्किम विश्वविद्यालय)
कुमार लिङ्देन, अधयक्ष संघीय लिम्बुवान मञ्च
कस्तो छ व्यवस्थापन ?
महासम्मेलन सम्पन्न गर्न लिवि मञ्च र शाखा समितिहरू समेटिएको मूल आयोजक समिति गठन भएको छ । अनुमानित १३ लाख बजेटको कार्यक्रमका लागि अहोरात्र खटिरहेका छन् लिवि मञ्चका युवाहरू । व्यवस्थापनको पाटोमा नेतृत्व गरिरहेका अभिषेक माबोका आनुसार झापा, मोरङ, सुनसरी र इलामबाट खाद्यान्न (चामल र सागसब्जी) को जोहो भइरहेको छ । त्यस्तै लिम्बूजन्य विभिन्न संघसंस्थाका तर्फबाट सहयोगहरू प्राप्त भएका छन्, हुने क्रम जारी छ । जसमध्ये किरात याक्थुङ चुम्लुङ जापान र लिवि मञ्च जापानले एक लाख रूपैयाँ आर्थिक सहयोग गरिसकेको छ भने कियाचु युके, कोरिया, लिम्बुवान पार्टीको मलेसिया शाखाबाट पनि केही आर्थिक सहयोग प्राप्त भएको सचिवालय स्रोतको भनाइ छ । img_7694
चुम्लुङ सुनसरी र लिवि मञ्च सुनसरीले कार्यक्रम स्टेज र साउण्ड सिस्टम सौजन्य गरेको हो भने लिम्बू भेषभूषा प्रदर्शनीका लागि चुम्लुङ उर्लाबारी, आत्मनन्द मिङसो माङहिम उर्लाबारी र दी हाइल्याण्ड आर्टको सहयोग रहने बताइएको छ । 14528352_1121957807852265_50625853_nमहासम्मेलनका लागि चुम्लुङ धनकुटाले टी सर्ट निर्माण गरिरहेको र चुम्लुङ मेचीनगरले नेपालको पूर्वी नाका काँकडभिट्टामा स्वागत गेट निर्माण गरेको छ । महासम्मेलनको मूल प्रयोजक रहेको सत्याहाङमा कोलोनीले सञ्चार प्रयोजनका लागि एक लाख रूपैयाँ सहयोग गर्ने बताइसकेको छ ।

विविध :
महासम्मेलनका अवसरमा लिम्बू संस्कृति र भेषभूषा (फेसन शो) को तयारी र व्यवस्थापनका लागि पूर्व मिस नेपाल सुविन लिम्बूले नेतृत्व सम्हालेकी छिन् भने उद्घाटनका लागि लिम्बू सांस्कृति नृत्यहरू माङलाङ, केलाङ, येवालाङसहित बृहत् र्यालीको तयारी गरिएको छ । तीन दिने कार्यक्रम अवधिभर राष्ट्रिय स्तरमा ख्याती कमाएका लिम्बू कालाकारहरूबाट सांगीतिक मनोरञ्जनको प्रबन्ध मिलाइएको सचिवालयले जानकारी दिएको छ । 14522228_10208682444951744_606559713_o‘महासम्मेलनले आम लिम्बू विद्यार्थीहरूका माझमा साझा भावना र मनोविज्ञान निर्माणका लागि सहयोग गर्ने विश्वास लिएका छौं ।’ अध्यक्ष आङ्बुहाङले भने । उनका अनुसार महासम्मेलनको अन्तिम दिन लिम्बू विद्यार्थी प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन घोषणापत्र दमक जारी गर्ने छ । त्यस्तै, लिम्बू जाति र लिम्बुवानका लागि लिम्बू विद्यार्थीहरूको अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...