पाँचथरको पर्यटन प्रबद्र्धनका लागि ४० लाख बिनियोजन - Naya Online

पाँचथरको पर्यटन प्रबद्र्धनका लागि ४० लाख बिनियोजन

सन्देश सुब्बा/ असोज २१
पाँचथर/ जिल्लाको पर्यटन प्रबद्र्धनका लागि मेची–पहाडी पर्यटन प्रवद्र्धन विकास समितिले ४० लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा ७० लाख रकम बिनियोजन गरेको समितिले यसपल्ट ४० लाख मात्र छुट्याएको हो ।

timbung-pokhariबिनियोजित रकमले जिल्लाको पौवाभन्ज्याङमा पर्यटन सूचना केन्द्र स्थापना गर्ने जसका लागि १० लाख रुपैंयाँ खर्च गर्ने जनाइएको छ । त्यस्तै लिम्बाको गोधुला–भोजुला पोखरीको पूर्वाधार विकासका लागि १० लाख, माङ्जाबुङको थेङ्ने चोक्मा ऐतिहासिक स्थल, यासोकको कुम्मायक–कुस्सायकका मन्दिर, एकतीनको आगेजुङ गुम्बा र जोरपोखरी मन्दिर संरक्षण र पूर्वाधार विकासका लागि ५–५ लाख रकम छुट्याइएको हो ।

यी योजना पर्यटन प्रबद्र्धनका लागि स्थानीयस्तरमा गठित संघ–संस्था र स्थानीय उपभोक्ता समूह मार्फत सम्पन्न गरिने समितिका कार्यकारी निर्देशक केशव धौरालीले बताए । जसका लागि प्रस्ताव आह्वान समेत गरिसकिएको धौरालीको भनाई छ ।

समितिले तिम्बुङ पोखरी, हिलिहाङ दरबार, सुम्हा?लुङ गढी, लब्रेकुटी–सिलौटी जस्ता ऐतिहासिक महत्व बोकेका पर्यटकीयस्थलका लागि भने रकम नछुट्याएको भन्दै जिल्लाका सरोकारवालाले आलोचना गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...