आमा ! म उठ्दिन होला - Naya Online

आमा ! म उठ्दिन होला

सुरेश यक्सोsures-yakso


म सँगै सुत्ने साथी
गाऊ गएर, घरजम गर्छु भन्थ्यो
आफ्नै देशमा पसिना बगाएर
परिवार पाल्छु भन्थ्यो
बरू ढिडैं खान्छु
बिदेश त मरिकाट्टे फर्किन्न भन्थ्यो
तर कठै ! बिहान उठ्दै उठेन आमा |

महिनादिन भो
टाउको चरचर्ती दुखेको
ढाँड सजिलो गरी बस्न दिंदैन
भोक निन्द्रा कता हरायो कता
मालिक जहिले कामै थोर भो भन्छ
सारै कमजोर भा’ छु, आमा
धामीझाक्री, कुलपूजा, भाकल जे गर्छेऊ गरिदेऊ
एे आमै हऊ ! चांडो गर्देऊ
यसपालि त म सङ्लै फर्किन्न होला |

घरिघरि साथीले
ढोका ढक्ढकाए जस्तो गर्छ
उसै गरी हिंडेको सुन्छु
सपनामा ओरालो गा’ को मात्र देख्छु
स्‍मृतिमा मात्र रहेका बा ले
हाँस्दै, मासु नै मासुको परिकार
अनि दरबार जत्रो घर बनाएर
‘छोरा चांडै अाइज’ भनेको देख्छु
मन साह्रै हलुङ्गो भा’ छ
आमा ! म उठ्दिन होला |

घरमा हुँदा पनि दु:ख मात्रै दिएं
आधी मासू बनाइस् भन्थ्यौ
तिम्ले भनेको कहिल्यै मानिन
मेरै पीरले खिरिलो भयौ
आधा निद, आधा पेट काटेर खुवाएको
पापै पो लाग्छ कि ?
यसपालि ढाका सारी र नौ गेडी जोडिदिउला
तर आमै ! समाचार उठ्दै उठेन भनेको मात्र सुन्छु
मन त्यसै भांचिएको छ
आमा ! म पनि उठ्दिन होला |

उठिन भने
मेरो नास्रो लाग्ला
दाजूभाईलाई हेरेर चित्त बुझाउनु
नातिनातिनीको नास्रो लागे
भतिजभतिजि, भान्जाभान्जी हेरेर चित्त बुझाउनु
बेकामे म, मलाई सम्झेर
नरोई बस है आमा |

उठ्ने प्रयास गरुम्ला
उठ्नै सकिनँ भने
यसले केही गर्न चाहेंन
मेरो रहरहरू कहिल्यै पूरा गरेन नभनेस्
बाँच्दा पनि सुख दिएन
अब मर्दा पनि सुख दिएन भन्दै
कस्तोलाई जन्म दिएछु भनेर
चित्त नदुखाउ है आमा
त्यती गरे
बाकस खोलेर हेरेऊ भने पनि
म हाँसिरहेको हुनेछु |

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

युपारुङ

जानु काम्बाङ लिम्बु पथाङको फेरोमा युपारुङ बाँधेर जीवन साट्नभन्दा पहिले म धर्ती र तिमी...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

संस्मरण: मध्य असारको त्यो ‘वृहत हतुवागढी साहित्य उत्सव……’

प्रकाश दिप्साली राई कुनैबेला हतुवागढीमा बाक्लो साहित्यिक ठुलै उत्सव महोत्सवहरू हुने गथ्र्यो । देशकै...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

पुस्तक लोकार्पण तथा पुरस्कार सम्मान समर्पण कार्यक्रम सम्पन्न

धरान, ३ जेठ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन “परदेशी बिम्बहरू… साहित्यिक वार्षिक”...