प्रवासबाट चम्कदै नुमा राई - Naya Online

प्रवासबाट चम्कदै नुमा राई

सानै उमेरदेखि नुमा राई कलाकारितामा चासो राख्थिन् । तर सुगम जिल्लाको दुर्गम गाउँमा उनको जन्म भएकोले गर्दा आफ्ना रहरहरुलाई मनभित्रै खुम्च्याउनु पर्ने भयो । गाउँमा हुने सांस्कृतिक कार्यक्रममा भाग त लिने गरेकी नै हुन्, र क्लवमार्फत पनि आफ्ना कलालाई पस्काउने जमर्को गरेकी थिइन् । तर त्यसबेलाको कला गाउँमै मात्र सिमित भयो ।
14569742_1761985777389858_896246204_n
उदयपुर जिल्लाको कटुन्जे ८ वाबुङमा जन्मिएकी हुन् नुमाले । माध्यमिक शिक्षा लिइञ्जेल गाउमै बस्नु पर्ने नेपालीहरुको नियती नै हो । माध्यमिक शिक्षा पुरा गरेर उच्च शिक्षाको लागि बाहिर जाँदा पनि आफ्नो रहरलाई बाहिर ल्याउन सकेकी थिइनन् । समयक्रमले उनलाई कुवेत पु¥यायो । कुवेत चाही उनको लागि सपना पुरा हुने देश बन्न पुग्यो । त्यहाँ पुगेपछि उनले आफ्ना कलाकारितालाई निखार्ने मौका पाइन् । अहिलेसम्म ५ वटा म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।
14572540_1761296044125498_290756074_o
६ वर्ष अगाडि कुवेत पुगेकी हुन् नुमा । कुवेत पुगेपछि, आफ्नो भाषा लिपि संस्कृति जोगाउने अभियान बोकेको संस्था किरात राई यायोख्खासँग आवद्धता नै कलाकारितालाई अगाडि बढाउने माध्यम बन्यो उनको लागि । यायोक्खाले गर्ने कार्यक्रममा सक्रिय हुनाले धेरै नेपालीसँग चिनजान हुन पुग्यो । त्यो चिनजानमा आफ्ना सपना पनि बाड्न पुगिन् । त्यही चिनजानको माध्यमबाट सुरेश ग्यावाको ‘चरिकोटको बजार…’ बोलको गीतमा सर्वप्रथम अभिनय गर्न पुगेकी थिइन् । त्यसपछि सागर खड्काको ‘हेरे साराले…’ मिलन लामाको ‘घाम लागेको दिन…’, विकास मगरको ‘यो मनलाई तिमीसँग…’ र राजबाबु थुलुङको ‘आखिर स्वार्थपुर्तिमा…’ अभिनय गरेकी छिन् ।
14593426_1761194184135684_2137224165_n
कुबेतमा रहेर कलाकारिता गर्नु निकै जटिल नै रहेको उनी बताउँछिन् । “खुल्लारुपमा कला गला प्रस्तुत गर्न पाइने अवस्था छैन । कलाकरितामा प्रवेश गरेपछि मनमुटु दह्रो बनाउनु पर्ने अवस्था छ । यहाँको कानुन र समाजसँग जुध्दै नेपाली कला र सिर्जनालाई जोगाउनु पर्ने अवस्था छ ।” उनी थप्छिन् ।
प्रवासमा १२ घण्टा ड्युटी गर्दै, हप्तामा १ दिन बाँकी समयमा यहि कला कलाकारितालाई समय दिनुपर्ने हुन्छ । फेरि नेपालीहरुले वास्तविकता नबुझी खाडी मुलुकमा जाने युवतीहरुलाई गलत नजरले नै हेर्ने भएको त्यस चुनौतीलाई पार गर्नु एकातिर छँदैछ नै । तर आफ्ना काम र प्रयत्नले त्यस्ता चुनौतीलाई सजिलैसँग पार गर्न सक्ने उनमा हिम्मत भने छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालको माध्यमबाट विभिन्न देशमा रहेका नेपालीहरुले एउटा सिर्जनात्मक समूह बनाएका छन् । उक्त समूहको नाम प्रतिभा परिवार रहेको छ । यस समूहले ‘प्रतिभा’ एल्बम (भाग १) ल्याउन लागेको छ । उक्त एल्बममार्फत उनी आफ्ना आवाजलाई पनि सबै सामू ल्याउने प्रयत्नमा छिन् । उक्त समूहमा सञ्जय राई छुच्छा, राजरोवर्ट अजनवी सुब्बा, इक्साहाङ चेम्जोङ, राजा मावो, जानु काम्बाङ, सलोनी लिम्बूलगायत छन् ।

नुमाद्वारा अभिनित पछिल्लो म्युजिक भिडियो

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सिटी सफारी चढेर आइन् सविता याखा राई

भिज्युअल आर्टस्को युट्युव च्यानलमार्फत ‘सिटी सफारी’ गीत म्युजिक भिडियोमा सार्वजनिक भएको छ । चोःत्लुङ...

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...

‘आफ्नो घरमा चलचित्रको छायांकन भएपछि अभिनयमा मोह जाग्यो’ –निशाम तुम्बापो

२०७४ सालमा निशाम तुम्बापोको आफ्नै घरमा एउटा चलचित्रको छायांकन भयो । त्यसअघि चलचित्र हेरेको...

गायनमा सक्रिय रहने सुमनको योजना

दक्षिण कोरिया, ३१ अगष्ट । कोरियामा रोजगाररत सुमन नेम्बाङ लिम्बूले भविष्यमा गायक बन्ने योजनामा...

बच्चाको स्वास्थ्य र महिला अधिकारमा चासो राख्ने एलिसा

न्युयोर्क, ४ अगष्ट । काठमाडौँकी एलिसा गुरुङले मिस नेपाल नर्थ अमेरिकामा भाग लिएकी छिन्...

खेदाबाट आशालाग्दी कलाकारको रूपमा उदाएकी सबनम

भर्खरै लिम्बू विवाहसँग सम्बन्धित लघुचलचित्र खेदा (कथा) सार्वजनिक भएको छ । लिम्बूजातिमा मागी, भागी,...

बेलायतमा मन जित्दै मोडल अनिता

इटहरी सुनसरकी अनिता लिम्बूले बेलायतमा चर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो...

एउटा फोटो पत्रकारको क्यामेरामा कैद भएपछि कायापलट

कतिपय मानिसहरूको जिन्दगी सोच्न नसक्ने तरिकाले कायापलट हुन्छ । यसरी सफलता पाउनुमा कतिको आफ्नै...

सय सुन्दरीमध्ये ५४औंमा परेकी जसिता

चलचित्र लिलिबिलिबाट डेब्यु गरेकी जसिता गुरुङ वर्ष २०२० मा संसारका सय सुन्दर युवतीको ५४औं...

‘फटाह फणिन्द्रे’मा कर्मा, छुल्ठिम र रोहित

काठमाडौँ, २९ माघ । अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन् । अरुण खड्काको...