यसपालि पनि निरासमा नै बित्ने भो भूकम्पपीडितको दसैँ - Naya Online

यसपालि पनि निरासमा नै बित्ने भो भूकम्पपीडितको दसैँ

चितवन, २० असोज । भूकम्पका कारण घरबारविहीन भएपछि गत वर्षको दसँै अन्योलमै बिताएका यहाँका भूकम्पपीडितको यस वर्षको दसैँ पनि खल्लो हुने भएको छ ।
यस वर्ष पनि सरकारबाट अनुदान पाउन नसके पछि उनीहरुको दसैँ कष्टकर रुपमा पालमुनिनै बित्ने भएको हो । भूकम्प पछि कतिपयले आफैँ टहरा निर्माण गरेर बसिरहेका छन् भने कतिपय बस्न अयोग्य घरमा बसिरहेका छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिको तथ्याङ्क अनुसार जिल्लाका तीन हजार ४८७ घर पूर्णरुपमा क्षति भएका र १२ हजार ४१ घर आंशिक रुपमा क्षति भएका थिए । जिल्लाको एक उपमहानगरपालीका, पाँच नगरपालिका र १५ गविस भूकम्पबाट प्रभावित भएको छ । भूकम्पकै कारण १० जनाको मृत्यु, तीन जना बेपत्ता र १७९ जना घाइते भएका थिए । घर पूर्णरुपमा क्षति भएकाहरुले सुरुमा रु १५ हजार र पछि न्यानो कपडाका लागि रु १० हजार मात्र पाएका छन् ।
जिविसका सूचना अधिकारी बलराम लुइँटेल १४ जिल्ला पूर्ण प्रभावितमा परेको र चितवन भने आंशिक प्रभावितमा परेका कारण राहतमा पछाडि परेको बताउनुहुन्छ ।
“गाउँभरि विचल्ली छ चाडबाडको के कुरा गर्ने टहरामा घामपानी तर्काउन राखिएको त्रिपाल च्यातिएको र किलो गाडिएको बाँस कुहिन थालेको छ ।”
भूकम्प पीडित कालिका नगरपालिका–१ नाइबन्दीका कविलाल प्रजा भन्नुहुन्छ, “सरकारको आश गर्दागर्दै गाउँले निरास भएका छन्। राहत रकम दिन ढिलाइ गर्दा अप्ठेरो भएको छ ।”
दारेचोक गाविस–९ धुसाकी फुलमति चेपाङ यतिका समय बित्दा पनि सरकारले घर निर्माणका लागि राहत नदिएकाले हाम्रा लागि यस वर्षको दसैँ पनि आउन सकेन भन्नुहुन्छ । सक्नेले टिन किनेर छाएको भए पनि नसक्नेको त्रिपाल कुहिएकाले अबको जाडो थेक्न नसक्ने उहाँको गुनासो छ ।

चेपाङ समुदायको बाहुल्यता रहेको पहाडी क्षेत्रमा आम्दानीको स्रोत नहुँदा टिनसम्म किनेर छाउने अवस्था पनि धेरैको छैन । बढी मात्रामा उनीहरु प्रभावित भएको दाहाखानी गाविस–६ कुयलघारीका ठूलाकान्छा थापामगर बताउनुहुन्छ । परिवारको सङ्ख्या बढी हुने र साँघुरो ठाउँमा बस्नु पर्दा उनीहरुको जीवन कष्टकर भएको उहाँको भनाइ छ

भूकम्पका कारण बस्नै नहुने भएपछि दाताको सहयोगमा १८ वटा बस्तीका ४१६ घरधुरीलाई विभिन्न सुरक्षित स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरी स्थानान्तरण गरिएको थियो ।

स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेल विपन्न बस्तीमा भूकम्पको बढी प्रभाव परेकाले आफैँ गर्नसक्ने अवस्था नरहँदा अहिलेसम्म पनि उनीहरुको अवस्था विचल्लीमा रहेको बताउनुहुन्छ । पुनःनिर्माण प्राधिकरणले सबैको काम गाविस र वडा कार्यालयमार्फत थालेकाले छिटै नै राहत पाउने उहाँको भनाइ छ । सरकारले भूकम्पबाट पूर्णरुपमा प्रभावितका लागि रु तीन लाख अनुदान र रु दुई लाख ऋण दिने जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...