यसपालि पनि निरासमा नै बित्ने भो भूकम्पपीडितको दसैँ - Naya Online

यसपालि पनि निरासमा नै बित्ने भो भूकम्पपीडितको दसैँ

चितवन, २० असोज । भूकम्पका कारण घरबारविहीन भएपछि गत वर्षको दसँै अन्योलमै बिताएका यहाँका भूकम्पपीडितको यस वर्षको दसैँ पनि खल्लो हुने भएको छ ।
यस वर्ष पनि सरकारबाट अनुदान पाउन नसके पछि उनीहरुको दसैँ कष्टकर रुपमा पालमुनिनै बित्ने भएको हो । भूकम्प पछि कतिपयले आफैँ टहरा निर्माण गरेर बसिरहेका छन् भने कतिपय बस्न अयोग्य घरमा बसिरहेका छन् ।

जिल्ला विपत् व्यवस्थापन समितिको तथ्याङ्क अनुसार जिल्लाका तीन हजार ४८७ घर पूर्णरुपमा क्षति भएका र १२ हजार ४१ घर आंशिक रुपमा क्षति भएका थिए । जिल्लाको एक उपमहानगरपालीका, पाँच नगरपालिका र १५ गविस भूकम्पबाट प्रभावित भएको छ । भूकम्पकै कारण १० जनाको मृत्यु, तीन जना बेपत्ता र १७९ जना घाइते भएका थिए । घर पूर्णरुपमा क्षति भएकाहरुले सुरुमा रु १५ हजार र पछि न्यानो कपडाका लागि रु १० हजार मात्र पाएका छन् ।
जिविसका सूचना अधिकारी बलराम लुइँटेल १४ जिल्ला पूर्ण प्रभावितमा परेको र चितवन भने आंशिक प्रभावितमा परेका कारण राहतमा पछाडि परेको बताउनुहुन्छ ।
“गाउँभरि विचल्ली छ चाडबाडको के कुरा गर्ने टहरामा घामपानी तर्काउन राखिएको त्रिपाल च्यातिएको र किलो गाडिएको बाँस कुहिन थालेको छ ।”
भूकम्प पीडित कालिका नगरपालिका–१ नाइबन्दीका कविलाल प्रजा भन्नुहुन्छ, “सरकारको आश गर्दागर्दै गाउँले निरास भएका छन्। राहत रकम दिन ढिलाइ गर्दा अप्ठेरो भएको छ ।”
दारेचोक गाविस–९ धुसाकी फुलमति चेपाङ यतिका समय बित्दा पनि सरकारले घर निर्माणका लागि राहत नदिएकाले हाम्रा लागि यस वर्षको दसैँ पनि आउन सकेन भन्नुहुन्छ । सक्नेले टिन किनेर छाएको भए पनि नसक्नेको त्रिपाल कुहिएकाले अबको जाडो थेक्न नसक्ने उहाँको गुनासो छ ।

चेपाङ समुदायको बाहुल्यता रहेको पहाडी क्षेत्रमा आम्दानीको स्रोत नहुँदा टिनसम्म किनेर छाउने अवस्था पनि धेरैको छैन । बढी मात्रामा उनीहरु प्रभावित भएको दाहाखानी गाविस–६ कुयलघारीका ठूलाकान्छा थापामगर बताउनुहुन्छ । परिवारको सङ्ख्या बढी हुने र साँघुरो ठाउँमा बस्नु पर्दा उनीहरुको जीवन कष्टकर भएको उहाँको भनाइ छ

भूकम्पका कारण बस्नै नहुने भएपछि दाताको सहयोगमा १८ वटा बस्तीका ४१६ घरधुरीलाई विभिन्न सुरक्षित स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरी स्थानान्तरण गरिएको थियो ।

स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेल विपन्न बस्तीमा भूकम्पको बढी प्रभाव परेकाले आफैँ गर्नसक्ने अवस्था नरहँदा अहिलेसम्म पनि उनीहरुको अवस्था विचल्लीमा रहेको बताउनुहुन्छ । पुनःनिर्माण प्राधिकरणले सबैको काम गाविस र वडा कार्यालयमार्फत थालेकाले छिटै नै राहत पाउने उहाँको भनाइ छ । सरकारले भूकम्पबाट पूर्णरुपमा प्रभावितका लागि रु तीन लाख अनुदान र रु दुई लाख ऋण दिने जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...