दशैंलाई डाके धिरज र श्रेयाले दमक आएर - Naya Online

दशैंलाई डाके धिरज र श्रेयाले दमक आएर

कमन देवान

दमक, १९ असोज ।

दशैंले छोप्दै लग्दा दमकको माहोल निक्कै दशैंमय बनिरहेकै छ । मंगलबारको साँझ यहि रौनकमा थपियो सांगीतिक माहोल । जसमा नेपालको माइकलज्याक्सन भनेर आफूलाई स्थापित गराउन सफल पप किङ धिरज राईको मस्त पर्फमेन्स हेरियो । उनै दिलखुस गाइरहेका धिरजको भीडमा सहभागी दर्शक श्रोतामाझ वाहीवाही कमाइन् स्थापित गायीका श्रेया सोताङ राईले । dhiraj

shreya-sotang

दमक ११ को होलीडे रेष्टुरेन्टले दमकका दर्शक श्रोताका लागि भनेर आयोजना गरेको दशैं विशेष सांगीतिक साँझ मंगलबार साँझमा सुरु भयो र राति करिब मध्यरातसम्म चल्यो । डेढ सय जना दर्शकका लागि इभनिङ ट्रिटसहितको बन्दोवस्त गरिएको टेबलमा साँगीतिक मनोरञ्जन लिँदै पिउनेहरूको मोज हर्न लायक देखिन्थ्यो । नाच्नेहरूको ताल बेताल बन्दै थियो र ‘वान्स मोर’को माग गर्नेहरू पनि धेरै नै थिए । दशैंको रात र साँगीतिक माहोलका बीच यति धेरै रमाइलो गर्न पाएका दमके जोसलाई थप जोस्याउन उदयीमान गायकहरू इशाक राई, रेवत राई, सुरेन राई लगायतले भरपुर साथ दिए र वाही वाही पाए । rewat

ishakइशाकले सिम्पल लिभिङ लिभिङ हाई थिंकिङ भन्दै आफ्ना दर्शकलाई केही गीत सुनाएर सोचमग्न पारे भने रेवतले पनि लाहुरे दाइकी छोरीले माला लाउँ भन्छे लगायत आफ्ना केही उत्कृष्ट गीत सुनाएर दर्शकको मन चोर्न सफल भए । उदय–मनिला सोताङको कालजयी गीत र स्वरबाट अभ्यस्त दमके श्रोताका लागि छोरी गायिका श्रेयाको फरक प्याट्रनका गीत र स्वरसँग साक्षार गर्न पाउनु निक्कै भाग्यमानी समय थियो । उनले आफ्ना चलेका गीतहरू यो छोरीको रूपैराम्रो, सुस्तरी सुस्तरी, यो माया हो कि होइन लगायत गीत गाएर दमकेली फ्यानहरूको मन जित्न सफल भइन् । श्रेयालाई पालो दिन स्टेज चढेका धिरजले आफूलाई निक्कै सहज किसिमले प्रस्तुत गरे । तर, उनको गीतमा पनि दमके तन्नेरीहरू खुब रमाएर नाचे । तिमी रुँदा एक्लै हुँदाबाट सुरु गरेर उनले परुहङलाई पैसा राखी उस्लाई माग्न पनि भ्याए । वान साइडेड लभ, लुकी लु कि आँखा तिमी हुँदै अन्तिममा धिरज रोक्किए र भने बुद्ध वाज बर्न इन नेपाल । दर्शकले उनलाई खुबै साथ दिए । dancing
निर्धारित तालिकाअनुसार सोमबार नै लाइभ कन्सर्टको साइत जुराइएको थियो । तर, मौसमले साथ दिएन । मंगलबारको धमाकामा पनि यी तन्नेरी पुस्ताका गायकहरूलाई दर्शक स्रोताले एक दिन पर्खिएरै सुने, हेरे । लाग्दो दशैंको चढ्दो रातमा हल्का मध्यपानसँगै मस्त नाचिरहेका तन्नेरी पुस्ताको मुभमेन्टले भनिरहेको थियो, अब दमक विस्तारै साँगीतिक साँझको छत्रछायाँ मागिरहेको छ ।
fansआतिथ्य सत्कारमा व्यस्त होलीडेका सञ्चालक प्रकास र दीपकला राईलाई आफ्ना पाहुना टार्न धावा थियो । दमक क्षेत्रका प्रतिष्ठित सामाजिक अगुवाहरू प्रकाश प्रसाई, प्रविण चाम्लिङ, दिपेन बाला राई, पर्वत थुलुङ, सुशील राई, सुरज रिङ्गालुङ लगायत थुप्रै अनुहारहरू आतिथ्यता स्वीकारेर कन्सर्टमा सहभागी थिए । कन्सर्टका स्पोन्सरहरूको नाम लिँदैगर्दा कार्यक्रम प्रस्तोता देशराज नेम्बाङ भनिरहेका थिए –कन्सर्टको मुख्य प्रायोजक हो टुबर्ग बियर । सहभागी सबैलाई इभेन्ट मेनेजर डिजे सुदिपले धन्यवाद दिए । हामी दर्शक दीर्घाबाट उठेर लाग्यौं, आ–आफ्नै निवासतर्फ । lishaners

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...