- ६ उपाध्यक्ष, १६ सचिव चुनिए
काठमाडौं, १५ असोज ।
प्रेस सेन्टर नेपालको महाधिवेशन पछिको पहिलो बैठकले जम्बो पदाधिकारीसहितको टीम तयार गरेको छ ।
शनिबार पद बाँडफाडका लागि माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको बैठकले जम्बो पदाधिकारी टोली चयन गरेको हो । शुक्रबार महाधिवेशनको बन्दशत्रमा पत्रकारबीच नेतृत्वका लागि आकांक्षा बढेपछि महेश्वर दाहालको नेतृत्वमा ९९ सदस्यीय कार्यसमितिको नाम वाचन गरिएको थियो ।
पहिलो बैठकले गोविन्द आचार्यलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । आचार्य यसअघि क्रान्तिकारी पत्रकार संघको अध्यक्ष एवम् प्रेस सेन्टर नेपालको संयोजक हुनुहन्थ्यो । उहाँ पार्टीका पोलिटब्युरो सदस्य र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार हुनुहुन्छ ।
शनिबारको बैठकले ओम शर्मा, दीपक मैनाली, सचिन रोका, बलराम थापा, कमल गिरी र देबराम यादवलाई उपाध्यक्षको जिम्मेवारी दिएको हो भने महासचिवमा विष्णु सापकोटा ‘जुगल’ चयन हुनुभएको छ । बैठकबाट १६ जना सचिव चयन भएका छन् । सचिव हुनेहरूमा ओपेन्द्र शर्मा, लक्ष्मी पुन, उपेश महर्जन, मनोज घर्तिमगर, गोमा घिमिरे, रुबी श्रेष्ठ, प्रभा बोगटी, आस्था केसी, लक्ष्मण खड्का, एसपी थापा, सुरेश यादव, विवेक गौतम, पहल साउद, मणि बिक, मनिषा श्रेष्ठ र राजेश चाम्लिङ रहेका छन् ।
कोषध्यक्षमा सुरेशचन्द्र अधिकारी चयन हुनुभएको छ भने सचिवालयमा आठ वटै प्रदशेका अध्यक्षसमेत रहेका छन् । संगठनमा भुगोेलका आधारमा ७ र प्रतिष्ठानलाई एक मानेर ८ प्रदेशको संरचना बनाइएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।