सरकारलाई महतोको चेतावनी : प्रतिगामी चुनावमा नलाग - Naya Online

सरकारलाई महतोको चेतावनी : प्रतिगामी चुनावमा नलाग

विराटनगर, १५ असोज ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारलाई प्रतिगामी चुनावको तयारीमा नलाग्न चेतावनी दिनुभएको छ ।r-mahato
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकारले आन्दोलनकारी शक्तिलाई पेलेर स्थानीय तहको निर्वाचन गरे त्यो राजा ज्ञानेन्द्रको पालामा जस्तै प्रतिगामी चुनाव हुने चेतावनी दिनुभएको हो ।
सत्तारुढ माओवादी र कांग्रेसले संविधान संशोधन प्रस्ताव दर्ता गर्न आलटाल गरेको भन्दै नेता महतोले भन्नुभयो –‘हामीले प्रचण्ड नेतृत्वमा सरकार बनाउने बेलामा तीन बुँदे सहमति गरेर सघाएका हौं । सहमतिअनुसार तिहार अगावै संविधान संशोधन प्रस्ताव दर्ता नगरे  समर्थन फिर्ता लिन सक्छौं ।’
सरकारप्रतिको विश्वास गुम्दै गएको भन्दै उहाँले प्रतिपक्षी एमालेको रुखो स्वभावलाई देखाएर काँग्रेस र माओवादी नै जालझेल गर्ने खेलमा लागेको आरोपसमेत लगाउनुभयो । संविधान संशोधन प्रस्तावका विरुद्ध उभिने जोसुकैसँग सडकमा भिड्न तयार रहेको भन्दै महतोले भन्नुभयो –‘संविधान संशोधनमा जुन पार्टीले अवरोध गर्छ, त्यसविरुद्ध लड्छौं ।’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...