बाबुरामले भने –प्रचण्ड राष्ट्रघाती - Naya Online

बाबुरामले भने –प्रचण्ड राष्ट्रघाती

काठमाडौं, १५ असोज ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रघाती भएको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार टिकाउन भारत गएर राष्ट्रघाती सम्झौता गरेको भन्दै संयोजक भट्टराईले यस्तो आरोप लगाउनुभएको हो । नयाँ शक्ति पार्टी नेपाल भक्तपुर जिल्ला समितिले गरेको दशैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै भट्टराईले भन्नुभयो –‘सत्ता जोगाउने नाउँमा भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितमा छैन ।’

Baburam Bhattarai (UCPN-M leader)
Baburam Bhattarai (NAYA SHAKTI)

भारतसँगको सम्झौतापछि आफूलाई निन्द्रा नलागेको भन्दै उहाँले भन्नुभयो –‘प्रधानमन्त्रीले भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ ।’
सत्ता टिकाउने नाउँमा विदेशीसँग राष्ट्रघाती सम्झौताले मुलुकलाई फसाउने भट्टराईको तर्क थियो । संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने भन्दै उहाँले पाँच वर्षसम्म स्थायी सरकार नचले  देश विकास र समृद्धि प्राप्त नहुने बताउनुभयो ।
भारतसँग भएको २५ बुँदे सहमति गम्भीर भएर अध्ययन गर्न जनतालाई आग्रह गर्दै भट्टराईले भन्नुभयो –‘सम्झौता भएका बुँदामध्ये ६, १०, ११, १२, १३, १४ र २० बुँदा राष्ट्रियहित विपरित छन् । यसले नेपाललाई भुटानीकरणतर्फ धकेलेको छ ।’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...