दमकमा पोखियो अराजकहरूको सिर्जनशीलता - Naya Online

दमकमा पोखियो अराजकहरूको सिर्जनशीलता

– सुसन राई


सिर्जनशील अराजकताका अभियन्ताहरू पछिल्ला दिनहरूमा साहित्यिक वहसको मियो बनेका छन् । आकर्षणको केन्द्रमा नै छन् । अझ, हङकङलाई कर्मथलो बनाएर बसेका हाङयुग अज्ञात नेपाल आएयता त उनीहरूको साहित्यिक माहोल नै गरमाएको छ । उनीहरू अर्थात मदन पुरस्कार विजेता बनिसकेका राजन मुकारुङ, पद्मश्री पुरस्कार विजेता उपेन्द्र सुब्बा र यी अज्ञात यतिबेला देशदौडाहमा छन् । केही मूलधारका मिडियाले यिनलाई थ्री इडियटको उपाधि पनि भिराइसकेको छ ।
img_7736१७ वर्षदेखि राज्यलाई आफ्नो आन्दोलन बारे सुनाउँदै आउँदा आउँदा अब यी तीन अराजक स्रस्टा एउटा निचोडमा पुगेका छन् – अब सिर्जनशील अराजकता बारे फिलसफी नै तयार गर्ने । शुक्रबार झापाको दमकमा लिटररी ग्रुपले आयोजना गरेको ‘अराजक अन्तरमन्थन’ अन्तरक्रियात्मक कार्यक्रममा अभियन्ता राजन मुकारुङले भने –‘हामीले ५० को दशकमा आन्दोलन गर्यौं, त्यो भनेको जे जे लेखेर भए पनि राज्य अर्थात संस्थापनलाई हाम्रा कुरा सुन भन्ने थियो । ६० को दशकमा राम्रा सिर्जनाहरू गर्यौं, अब ७० को दशकमा फिलोसफीको तयारीमा लागेका छौं ।’
शुक्रबार दमकमा तीन जना अराजकले कविता सुनाउँदै गर्दा उनीहरूको मनतव्य पनि जोडिँदै थियो । उपेन्द्रले अली लजालु पाराले तीन वटा कविता सुनाए । उनी बहसकर्ता झैं बोलेनन् भने अज्ञातको प्रस्तुती सिधा विषय केन्द्रित थियो । तर, उनका ‘बाजे भर्सेस बाजे’ लगायत तीन वटा कविता स्रोताका लागि निक्कै चाखपूर्ण रह्यो । राजनले आफ्ना तीन वटा कवितामा निक्कै विम्बात्मक प्रहार गरे, यथास्थिति र विभेद्विरुद्ध ।
img_7715अराजकहरूलाई सुन्न दमकस्थित होटल एसजीको सभाहलमा भेला भएका थिए पूर्वका सशक्त हस्ताक्षरहरू मुनाराज शेर्मा, मिश्र वैजयन्ति, याम थुलुङ, अभागी थेगुवा, देवान किराती, प्रकाश थाम्सुहाङ, हेमन यात्री लगायत । त्यस्तै दोस्रो पुस्ताका कृष्ण घिमिरे, विराट किराती, राजकुमार सुब्बा, अशोक बस्नेत, मेचीपुत्र, ज्योति भट्टराई, सूर्य लिम्बू, कैलाश शिखर, सावित्रा याक्खा, तिलाश्री तिम्सिना, धिरज राई, निहाङ किराती, पत्रकार देशराज नेम्बाङ, नाट्यकर्मी चेतन आङथुपो लगायतलाई पनि अराजक सिर्जनशीलताले पगारेकै थियो ।
उसो त यतिबेला नेपाली साहित्यको बागडोर यिनै सिर्जनशील अराजकहरूको लेखन र चिन्तनको सेरोफेरोमा घुमिरहेको छ । हाङयुगको भौतिक अनुपस्थितिलाई छाडेर उपेन्द्र र राजन अहिलेका साहित्यिक सेलिब्रेटी हुन्, देशभरमै चलेका । विदेश भ्रमणको निम्ता पनि यिनका लागि कविताले नै जुराइरहेको छ । मुलुकको राजनीतिमा पहिचान र संघीयताको विषयले जबरजस्त स्थान कायम गरेसँगै सिर्जनशील अराजकताका यी हस्तीहरूलाई पनि आन्दोलनकै उठानकर्ताका दृष्टिले हेरिएको छ । किनकि साहित्यिक र साँस्कृतिक चेतनालाई उजागर गर्न यिनीहरूको भूमिका अहम रहेको विषय समाजले हेक्का राखिरहेकै विषय जो हो । नेकपा मालेका सांसद् एवम् संसदीय दलका प्रमुख सचेतक अइन्द्र सुन्दर नेम्बाङ, स्वास्थ्यसेवी तथा समाजसेवी बालचन्द्र सुब्बा लगायत विशिष्ट स्रोताहरूको हुलमा साहित्य र साँस्कृतिक कार्यक्रमलाई मनैदेखि सहयोग गर्ने विरु वनेम (स्वामी), निरन्तर साहित्यमा लेखिरहेका कान्तिपुरकर्मी पर्वत पोर्तेल लगायत तन्नेरी पुस्ताको पनि शुक्रबारको जमघटमा उल्लेखनीय सहभागिता थियो ।
img_7735आफ्नै पाराले कार्यक्रम हाँक्ने गजलकार सुन्दर कुरूपको सुन्दर बान्कीलाई अन्तमा बिटमार्दै लिटररी ग्रुपको नेतृत्व गरिरहेका दमक क्षेत्रका भरोसायोग्य धरोहर प्रकाश बुढाथोकीले भने –‘पहिचानको आन्दोलनले राजनीतिक रूप धारण नगर्दाकै अवस्थामा सिर्जनशील अराजकताका अभियन्ताले यो मुद्दालाई साहित्यिक र साँस्कृतिक माध्यमबाट बोके, बोकिरहेका छन् । मलाई लाग्छ, नेपाली समाजमा विभेद्को अन्त्य नभएसम्म यो मुद्दाको अन्त्य हुँदैन ।’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

मेरो संस्मरणमा तत्कालीन माओवादी सशस्त्र जनयुद्ध

उदय पुर्वेली चोङ्वाङक्याक मैले यहाँ माओवादी जनयुद्धको कुनै शृङ्खलाबद्ध घटनाक्रमको इतिहास कोट्याउन होइन, सकभर...

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

युद्धबहादुर बोहोरा अमेरिकी सरकारको डिभी कार्यक्रम अन्तर्गत ग्रीन कार्ड पाएर २०६९ साल असारदेखि नारायण...

मलेसियामा कोभिडका नेपाली बिरामीहरू जंगलछेउको कन्टेनरमा, हरेकदिनजसो निधन

सीता तुम्खेवा कोरोना महामारीबाट विश्व नै प्रभावित छ । सुरुवाती अवस्थामा देशका मुख्य सहरका...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

विनोदी विनोदसँग योगवियोगको वार्तालाप

देवेन्द्र सुर्केली विसं. २०५५ सालतिर धरानको ब्लाष्ट टाइम्स् दैनिकमा एउटा सूचना छापियो –चलचित्र सिरिजंगाको...

पाइलामा जे बिझाउँछ त्यहि टिप्ने मानिस

देवेन्द्र सुर्केली जुन गाउँमा लाहुरे नै थिएनन् र जुन गाउँको एउटा युवाले लाहुरबारे बुझेको...

थात्थलोभन्दा टाढा, त्यसपछि झनै टाढा….

विक्रम सम्वत १९९० सालको भुँइचालो धेरै कुराको मापक बनेको छ । बुढापाकालाई तपाई कति...