दमक, १४ असोज ।
झापाको कन्काई नगरपालिकास्थित कन्काई माविको खेल मैदानमा सम्पन्न अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ ।
दमकले आयोजक कन्काई नगरपालिकालाई २–१ गोल अन्तरले स्तव्ध पार्दै उपाधि हात पारेको हो । दमकको तर्फबाट कप्तान जर्सी नम्बर ८ का विकास लिम्बूले खेलको ३१औं मिनेटमा गोलको खाता खोलेका थिए । तर, त्यसको एक मिनेट नबित्दै कन्काई नगरपालिकाले गोल फर्काएर खेल बराबरी पारेको थियो ।
दोस्रो हाफको ६४औं मिनेटमा दमकका जर्सी नम्बर १५का निशान राईले गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।
७१औं मिनेटमा कन्काईलाई पेनाल्टीको अवसर मिलेको थियो तर दमकका गोल रक्षक जनम मगरले त्यसलाई विफल बनाइदिएका थिए । उपाधि जित्दै दमकले नगद उक लाख एक हजार एक सय ११ रूपैयाँ हात पारेको छ । उपविजेता कनकाईले ५१ हजार एक सय ११ मा चित्त बुझायो । खेलमा म्यान अफ दी म्याच दमकका निशान राई घोषित भए भने म्यान अफ दी सिरिज कन्काईका प्रसान्त मगरलाई प्रदान गरिएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।