प्रेस यूनियनको शुभकामना आदनप्रदान - Naya Online

प्रेस यूनियनको शुभकामना आदनप्रदान

दमक,१४ असोज ।
नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमकले शुक्रबार बडा दशैं, तिहार लगायत चाडपर्वको उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । union
पत्रकार मञ्चको कार्यालयमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अग्रज पत्रकार गञ्जबहादुर दाहालले दशैंले सबैमा एकताको भावना बढेर जान सकेमात्र यस्ता चाडपर्वको महत्व बढ्ने बताउनुभयो । ईलाका प्रशासन कार्यालय दमकका प्रमुख बासुप्रसाद कोईरालाले दशैंको अवसरमा हुन सक्ने विकृति नियन्त्रण गर्न सवै क्षेत्रबाट खबरदारी हुनु पर्ने जिकिर गर्नुभयो । प्रशासनले स्थानीय क्षेत्रमा हुन सक्ने अपराधका घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षाको प्रवन्ध गरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेस सम्बद्ध नेताहरू, संघीय प्रेस फोरमका केन्द्रीय उप¬महासचिव कमन देवान, प्रेस सेन्टर झापा अध्यक्ष टिकाराम उप्रेती, प्रेस युनियन झापा सचिव गिरिराज भट्टराई, प्रेस चौतारी झापा उपाध्यक्ष मन कुमार गदाल, हिम शिखर टेलिभिजनका अध्यक्ष धु्रव न्यौपाने, पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णु पोखरेल, नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति लिला गुरागाईं लगायतले दशैंको शुभकामना व्यक्त गरेका थिए । यूनियनका क्षेत्रीय सभापति बिष्णु सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...