कुनै एक जातिलाई मात्रै काखी च्यापे राज्य अघि बढ्दैन : राई - Naya Online

कुनै एक जातिलाई मात्रै काखी च्यापे राज्य अघि बढ्दैन : राई

काठमाडौं, १४ आसोज ।

संघीय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता अशोक राईले कुनै एउटा जाति विशेषलाई मात्रै काखी च्याप्ने कामबाट राज्य अघि बढ्न नसक्ने बताउनुभएको छ ।
शुक्रबार राजधानीस्थित ससफो पार्टी कार्यालय तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले राज्यले सबै जाति र धर्म सम्प्रदायका चाडलाई समान व्यवहार र महत्व दिनुपर्ने बताउनुभएको हो । राईले भन्नुभयो –‘दशैंमा पड्किने तोप अन्य समुदायको चाडमा पनि पड्किनु पर्छ ।’ ashok-rai
राज्यको विभेदकारी मानसिकताकै कारण अन्य गैरहिन्दु समुदायको पर्वमा तोप नपड्किएको भन्दै उहाँले भन्नुभयो –‘विविधता सम्मान गर्न ल्होसार, साकेला, माघी, छैठ पर्वहरूमा पनि राज्यको समान व्यवहार हुनुपर्दछ ।’
संघीय समाजवादीका संसदीय दलका नेतासमेत रहनुभएका राईले कसैको अधिकार खोस्न नभई समान हकहितको लागि आफूहरूले आन्दोलन जारी राखेको जिकिर गर्नुभयो । मधेसी समुदायको देशभक्तीमा कुनै शंका नगर्न आग्रह गर्दै उहाँले मधेसी जनता नेपालको असली राष्ट्रभक्त भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रमका बीच रामेछाप जिल्लाका ७० जना भन्दा बढी युवा विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । नेता राईले उनीहरूलाई अविर लगाएर पार्टीमा प्रवेश गराउनुभएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

वैरागी काइँलाको जन्मोत्सवमा माङगेन्ना र कविता वाचन

दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ)...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

लिम्बु पत्रकार सङ्घको बैठकद्वारा ३ बुँदे विजयपुर घोषणापत्र जारी

धरान । लिम्बु पत्रकार सङ्घ केन्द्रीय समितिको बैठकले ३ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

सिरीजंघा महोत्सव हाफ म्याराथन, चौरी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न

ताप्लेजुङ । प्रर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने उद्देष्यले सिरीजंघा गाउँपालिका, ताप्लेजुङद्धारा...

लोबुचे हिमाल र कालापत्थरबाट सिरीजङगा महोत्सवको प्रचार

काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको...

परिक्रमाका यात्रुहरुका लागि नेपालको ११ स्थानमा हेल्पडेस्क सञ्चालन 

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला...

संघीय सांसद ढकालद्वारा मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लासँग भेट

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्रराष्ट्र श्रीलंकाको नबनिर्बाचित डा जगत...