दमक, १३ असोज ।
किरात राई यायोक्खा झापाले स्थानीय तहको पुनर्संरचना बारे बिहीबार झापाको झिलझिलेमा जागरण कार्यक्रम गरेको छ ।
यायोक्खाका महासचिव जीवन हाताचो राईको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर १ लाई किरात राज्य घोषणा गर्नुपर्ने बारेमा वक्ताहरूले जोड दिएका थिए ।
कार्यक्रमका वक्ताहरूले हिमाल, पहाड र तराईमा क्रमशः पाँच हजार, १० हजार र २५ हजार जनसंख्यालाई आधार मानेर स्थानीय तह अर्थात गाउँपालिका र नगरपालिका घोषणा गर्नुपर्ने बताएका थिए ।
यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यायोक्खा केन्द्रीय सदस्यहरू महेन्द्र राई, दिपेन बाला राई, किरात राई विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष उत्तम राई, किरात राई खेलकुद संघका केन्द्रीय सदस्य सीता राई लगायतले बोल्नुभएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।