– मञ्जुल मिथोच
खुटाहरु बने पछि
मान्छेहरुले खुटाको लागि
जुत्ता बनाउन थाले
खुटाहरुले जुत्ताको सपना देख्न थाल्यो
सबै भन्दा भंयकर जुत्ताको सपना
शासकले देख्न थाल्यो
शासकहरुको लागि तयार भयो
थरी थरीको जुत्ता
अर्थात निरङ्कुश जुत्ता
शासक/मालिक
बाम पुड्को मान्छेको पसिना पोलिसले
चिल्लो टिलिक्क टल्काएको
ब्राण्डेड सत्ताको जुत्ताले
बुटहरुले
कुल्चेर टेकेर सपनाहरु
पाईतलामुनि दबायो घोडाको टाप जस्तो
लात्त हानेर उधारी दियो
बाम पुड्को मान्छेको निधार
टेक्दै टेक्दै गयो फूलबारी
मडार्दै गयो मुलायम दुबोको थुप्रो
सबै भन्दा बढी टेक्यो
बिचरा निरीह मान्छेको पिठ्युमा !
आफ्नो पाईतलाको कुर्कुच्चा चिरा चिरा
फटाएर सिलाई रह्यो
जुत्ता कारखानामा
बाम पुड्को मान्छेहरुले
शासकका लागि जुत्ता
शासकले त्यही जुत्ता पोलिस गर्ने
चिल्लाउने/ सिलाउने जागिर दियो
शासककै जुत्ता चिल्लाएर
रंग्गाएर/टल्काएर
गधाको जुनी बिताउन समर्थ भए
शासक महोदय
नाम्दुको उकालो ओरालो बाटो
पुस माघको तुसारोमा
कति खाली खुटा नै हिडे
धुजा धुजा चिरिएको पाईतलामा
कति गाडियो जंगली काडा
कति पृथ्वी जत्रै पाईतलामुनि खिल पल्टियो
खाली खुट्टै दौडियो
छोड्दै छोड्दै बाटोको धुलो माथि
नाङ्गो पाईतलाको छाप
शासकको जुत्ताको शुल फाटदै
उत्रिदै /खिईदै जादा
बाम पुड्को मान्छेको नाङगै पाईतला खिइदै गयो
तर शासकको जुत्ता खोसेर
नाङ्गो पाईतला घुसारेर
कहिल्यै नहिडेका बाम पुड्को मान्छेले
अब टल्कक्कै टल्किएको चिल्लो जुत्ता लगाएका छन
र फुकालेका छन् खुटाबाट
एक जोर गोलिष्टार
शासकको तिखो काडाले घोच्ने छैन
बिचरा बाम पुड्को मान्छेको पाईतला
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।