काठमाडौं,१३ असोज । संविधान कार्यान्वयनका लागि प्रेस जगतको सहयोग आवश्यक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको पहिलो एकता महाधिवेशनको उद्घाटनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सञ्चार क्षेत्रले संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको हो । उहाँले मुलुकको आवश्यकता र राष्ट्रिय हित विपरित कसैसँग कुनै सम्झौता नगर्ने जिकिर गर्नुभयो । पार्टीहरूका बीचमा वैचारिक मत बाझे पनि राष्ट्रिय हित विपरित कुनै सम्झौता र प्रतिस्पर्धा नहुने प्रचण्डको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले सबैलाई एकतावद्ध गर्दै संविधान कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको दावी गर्नुभयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।