काठमाडौं । गायिका केन्जुमा सुब्बाले पुराना गायक प्रेमध्वज प्रधानसँग गीत गाउने मौका पाएकी छिन् । झण्डै एक दशकपछि गायनमा ‘कमब्याक’ गरेका प्रेमध्वज प्रधानले ‘पर लैजाउ फूलहरु’ बोलको गीत रेकर्ड गरेका हुन् । डब्बु क्षेत्रीको रचना जुगल डंगोलको संगीतमा उक्त गीत तयार भएको हो ।
सोमबार यसै गीतको म्युजिक भिडियो पनि सार्वजानिक भएको छ । मोहनराज आचार्यको निर्देशनमा विकास लामिछाने र विनिता वली अभिनित म्युजिक भिडियोले गीतका भावलाई सार्थकरुपमा उतारेको छ । भिडियो अमृत सुनुवारको छायांकन र माधव वेल्बासेको सम्पादनमा तयार भएको हो ।
फरक खालका गीत प्रस्तुत गर्ने केन्जुमाले यसभन्दा अगाडि पनि केही राम्रा तथा मन छुने गीतहरु प्रस्तुत गरेकी छिन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।