अर्गेली कृषकलाई जापानी प्रविधि सिकाइदै - Naya Online

अर्गेली कृषकलाई जापानी प्रविधि सिकाइदै

सन्देश सुब्बा/ १३ भदौ
पाँचथर/ पाँचथर र ताप्लेजुङका ५५ जना अर्गेली कृषकलाई जापानी प्रविधि सिकाइदैछ । पाँचथरको रानीटार–६, गुम्बाडाँडामा जापानी प्रविधिबाट अर्गेलीको बोक्रा उकाउँने तालिम बुधबारदेखि सुरु भएको हो ।
talim-photo-1त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा अनुसन्धान केन्द्र (रिकस्ट) को आर्थिक सहयोगमा दाजुभाई जडिबुटि उत्पादन तथा प्रशोधन सहकारी संस्थाको आयोजनामा तालिम सुरु भएको हो । तालिममा प्राविधिक सहयोग भने नेपाली अर्गेलीको बोक्रा जापान निर्यात गरिरहेको कानपाउ नेपालले गरेको छ । तालिम शुक्रबार सम्म चल्नेछ ।
तालिमको सहजीकरण नेपाली अर्गेलीको बोक्रा लिदै आएको जापान स्थित कानपाउ नामक संस्थाका अध्यक्ष माचुवारा तादासी र जाइकाका प्रतिनिधि इनोउए खाजुहिराले गर्दैछन् । त्यस्तै कानपाउ नेपालका हिकोहजी सिल्पकार, पदम मगरे, रिकस्टका प्रतिनिधि बिजय सुवेदी र इसीमोडका प्रतिनिधि जनिता गुरुङले पनि तालिमको सहजीकरण गर्ने आयोजक संस्थाका अध्यक्ष होम थाम्सुहाङले बताए ।
३ दिने उक्त तालिमको बुधबार एक समारोहकाबीच जिल्ला वन कार्यालय पाँचथरका वन अधिकृत दिवेशमणी त्रिपाठी र घरेलु तथा साना उद्योग विकास समिति पाँचथरका उद्योग अधिकृत लक्ष्मी प्रसाद दाहालले उद्घाटन गरेका थिए ।
नेपाली अर्गेलीको बोक्रा विश्वकै उत्कृष्ठ– तादासी
सो अवशरमा कानपाउ जापानका अध्यक्ष तादासीले नेपाली अर्गेलीको बोक्रा विश्वकै उत्कृष्ठ भएको बताएका छन् । नेपाली लोक्ता सबैभन्दा बढी येन (जापानी मुद्रा) बनाउँन प्रयोग हुने उनले बताए । यसबाट बनाइएको पैशा बलियो र पानीमा भिजाउँदा समेत केही नहुने तादासीले बताए । त्यसबाहेक उच्च गुणस्तरको कागज बनाउँन प्रयोग हुने उनले बताए । धेरै नेपाली युवा विदेशमा रहेको सुन्दा दुःख लागेको भन्दै तादासीले नेपाली युवालाई व्यवसायिक अर्गेली खेतीमा लाग्न आग्रह गरे ।
गत वर्ष १ सय १४ टन अर्गेलीको बोक्रा माग भए पनि ९० टन मात्र जापान निर्यात गर्न सकिएको कानपाउ नेपालका हरिगोपाल श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ४ सयदेखि ४ सय ४० रुपैंयाँ प्रतिकेजीका दरले नेपाली अर्गेलीको बोक्रा जापान निर्यात हुने गरेको छ ।
(फोटो पनि छ ।)

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...