आमा सम्मान किरण तिम्सिनालाई - Naya Online

आमा सम्मान किरण तिम्सिनालाई

झापा । यस वर्षको अम्बिका प्रतिष्ठान झापाले प्रदान गर्ने ‘आमा सम्मान’ गरामनी–३ हर्चनाकी सामाजिक कार्यकर्ता किरण तिम्सिनालाई दिइने भएको छ । साहित्यकार तथा पत्रकारद्वय कृष्ण धराबासी तथा कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित उक्त पुरस्कार सामाजिक सेवाको क्षेत्रमा ३ दशकभन्दा लामो समयदेखि सक्रिय तिम्सिनालाई प्रदान गरिने भएको हो ।
kiran-timsina1पुरस्कार हरेक वर्ष दशैंको अष्टमीमा प्रदान गरिन्छ । ११ हजार रुपैयाँ, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराई र सचिव केशव मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘श्रीमानको असामयिक निधनपछि नाबालक तीन छोरीहरु र एक छोराको पठनपाठन र लालनपालनको जिम्मेवारीसँगै सामाजिक रुपले प्रतिष्ठित तथा आर्थिक सबल हुने मार्गमा अभिबृद्धि गर्न सफल हुनुभएकाले उहाँलाई सम्मान गर्ने निर्णय गरिएको हो ।’
ताप्लेजुङको फुङलिङ–३ निबासी आमा जानुका र बुवा शेषराज पौडेलकी जेठी सुपुत्री किरणको जन्म विक्रम् सम्बत् २०१४ सालमा भएको हो । उनको विवाह वि.सं. २०३२ सालमा पाँचथर थर्पु–३ का गणेश तिम्सिनासँग भयो । विवाह भएकै वर्षमा श्रीमान गणेश तिम्सिनाका साथ झापा भएकी किरणले वि.सं. २०४१ सालमा पतिवियोग सहनु प¥यो । ‘छोरीहरु र छोराप्रतिको गहन जिम्मेवारीलाई काँधमा लिएर उनीहरुलाई समाजमा स्थापित हुन अभिप्रेरित गरिरहेकी हुनाले आजसम्म आइपुग्दा सामाजिक र व्यावहारिक रुपमा आफ्ना सन्तानलाई परिपक्क पार्न सफल भएकाले र आफ्नो छुट्टै सामाजिक पहिचान स्थापित गर्न सफल हुनुभएकीले करण तिम्सिनालाई आमा सम्मान प्रदान गरिने भएको हो’ – विज्ञप्तीमा उल्लेख छ ।
आगामी ०७० असोज २३ गते आइतबार अष्टमीका दिन शनिश्चरे बजारस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा उक्त सम्मान प्रदान गरिने छ । अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित आमा सम्मान पाँच वर्षदेखि प्रदान गरिन्छ । यसअघि उक्त सम्मानबाट २०६७ मा गरामनीकै रेनुका रसाइली, २०६९ मा अर्जुनधारा–२ निवासी पार्वतीदेवी सुबेदी, २०७० सालमा अनारमनीकी विष्णुमाया गौतम, २०७१ मा विर्तामोड–२, चारपानेकी शशिकला राय र २०७२ मा भद्रपुर–६ की चित्रकला कोइराला सम्मानित भइसकेकी छिन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बेलास्पुरमा बृहत सरसफाई

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान...

स्वर्णिम साहित्य समाजले गर्यो भावी कार्ययोजना सार्वजनिक

सम्मान/पुरस्कार अक्षयकोषको प्रमुखको जिम्मेवारी दिप्सालीलाई स्वार्णिम साहित्य समाजको नव निर्वाचित कार्यसमितिले आफ्नो भावी कार्ययोजना...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

‘नेपालमा नोटबन्दीको आवश्यकता र औचित्य’बारे अन्तरक्रिया

काठमाडौं । नेपालमा भ्रष्टाचार, बेथिति, अनियमितताले सीमा पार गरिसकेको भन्दै नोटबन्दीबारे बहस, तर्क–वितर्क र...

स्वर्णिम साहित्य समाजको छैटौं साधारणसभाले अध्यक्षमा चुन्यो शरण लिम्बुलाई

सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३, सुनसरीको छैटौं साधारणसभाले अध्यक्षमा शरण लिम्बुलाई सर्वसम्मत रूपमा...

भोजपुरमा ‘वारूदले कोरेका अक्षरहरू’माथी परिचर्चा

भोजपुर । कवि भीम विरही राईको कविता कृति बारुदले कोरेका अक्षरहरु माथि गत शुक्रबार...

२१२ औँ भानु जयन्तीमा गुन्जियो बराहक्षेत्रमा सर्जक र सिर्जना

भौतिक विकाससँगै चेतनाको विकासमा पनि सक्रिय छौँः वडाअध्यक्ष लामा सुनसरी । आदिकवि भानुभक्त आचार्यको...

हर्षोल्लासका साथ सकियो ’वृहत हतुवागढी साहित्य उत्सव–२०८२’

साहित्य र कलाको निम्ति थुप्रै काम गर्न बाँकी छ: गा.पा. अध्यक्ष प्रेमकुमार राई भोजपुर...

अनलाइन पत्रकारको अध्यक्षमा शिवप्रसाद सत्याल

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल...

तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर २०८२ सञ्चालन हुने

काठमाडौं, ६ जेठ । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज...