भद्रपुर । झापाको भद्रपुर–७ का १९ वर्षीय दीपेन कट्टेल नेपाली साङ्गीतिक क्षेत्रमा पाइला चाल्ने प्रयत्न गरिरहेका छन् । सानैदेखि सङ्गीत प्रतिको लगावले नै दीपेनलाई एउटा राष्ट्रियस्तरको साङ्गीतिक प्रतिस्पर्धामा उत्रिन प्रेरित गरेको हो । यी युवा अहिले पूर्वको लोकप्रिय गायन प्रतियोगिताको उत्कृष्ट २० भित्र पर्न सफल भएका छन् ।
पूर्वाञ्चल बागिना कला केन्द्र धरानले आयोजना गरेको पूर्वाञ्चल स्टार सिङ्गिङ स्टारको उत्कृष्ट २० मा गरेका दीपेन साङ्गीतिक क्षेत्रमै अघि बढ्न चाहान्छन् । उनी भन्छन् – ‘यो प्रतियोगिता मेरो जीवनमा गायन यात्रामा प्रवेशका लागि कोशेढुङ्गा सावित हुने छ ।’ आमा फूलमाया र बुबा सनमान कट्टेलका पुत्ररत्न दीपेन अहिले वीरेन्द्र उच्च माविमा कक्षा ११ मा पढ्दै छन् । उनले भोट गर्न पनि झापाबासीलाई अपील गरेका छन् । उनले भने – ‘मेरो जीत झापाबासीको जीत हो, त्यसैले पीएसएस स्पेस शुन्य एक लेखेर ३७२७२ मा पठाउनु हुन अनुरोध गर्दछु ।’
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।