विद्यालयमा अक्षयकोष स्थापना - Naya Online

विद्यालयमा अक्षयकोष स्थापना

सन्देश सुब्बा
फिदिम नगरपालिका–८ चोकमागुमा रहेको पारुहाङ प्राथमिक विद्यालयको लागि सोही विद्यालयका पूर्व प्रधानाध्यापक धन कुमारी थोक्लिहाङ र उनका श्रीमान रुद्र कुमार तुम्बापोले ५० हजारको अक्षयकोष स्थापना गरिदिएका छन् ।
फिदिम नगरपालिका–४, गढी स्थाई ठेगाना भई हाल युकेमा रहेका उनीहरुले विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन स्वरुप वर्षेनी पुरस्कृत गर्ने गरी सो अक्षयकोष स्थापना गरेका हुन् । त्यस्तै थोक्लिहाङकै अगुवाइमा युकेमा रहेका नेपालीहरुबाट संकलन गरी ८० हजार नगद समेत विद्यालयलाई सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यापक राज कुमारी नेम्बाङले बताइन् ।
सहयोग स्वरुप प्राप्त भएको सो ८० हजारले विद्यालयको लागि फर्निचरका सामग्री खरिद गरिएको पनि प्रधानाध्यापक नेम्बाङले जानकारी दिइन् । यसै बीच सहयोग गर्ने पूर्व प्रधानाध्यापक थोक्लिहाङ प्रति विद्यालय परिवारले धन्यबाद ज्ञापन गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...