सन्देश सुब्बा/ पाँचथर
क्लोथ बैंक इलामले पाँचथरका विभिन्न ४ विद्यालयका ७० जना विपन्न विद्यार्थीहरुलाई रेनकोट वितरण गरेको छ ।
इलामे युवाहरुको समाजसेवी संस्था युथ इनिसिएटिभ (क्लोथ बैंक) ले वर्षात्को सिजनलाई मध्यनजर गरी विद्यार्थीलाई रेनकोट वितरण गरेको हो । क्लोथ बैंक इलामका सचिव विभूषण राईका अनुसार पाँचथर इम्बुङ–९, को त्रिभुवन निमावि, फिदिम–११ को कालिका प्रावि र सिंहकालिका प्रावि त्यस्तै फिदिम–१०, को सिद्धकालिका प्राविका विद्यार्थीलाई रेनकोट बाँढेको हो ।
वर्षात्को सिजनमा विपन्न परिवारका विद्यार्थी बालबालिकाहरु विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्ने उदेस्यले उनीहरुलाई रेनकोट वितरण गरिएको संस्थाका सचिव राईले जानकारी दिए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।