मृगौला पीडितलाई छुम्माको सहयोग - Naya Online

मृगौला पीडितलाई छुम्माको सहयोग

काठमाडौं । दुवै मृगौला फेल भएर उपचार गराइरहेका एक युवकलाई किरात याक्खा छुम्मा केन्द्रीय समितिको रोहबरमा आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
IMG_6801 IMG_500 IMG_6810 IMG_500छुम्मा केन्द्रीय समितिको रोहबरमा मृगौला फेलभइ उपचाररत २२ वर्षीय सुकुनराज हेङ्वालाई किरात याक्खा छुम्मा हङकङ र युके शाखाले करिब नौ लाख रूपैया“ आर्थिक सहयोग गरेको हो । आर्थिक रूपले विपन्न हेङ्वालाई संस्थाको पहलमा उपचारका सहयोग जुटाइएको किरात याक्खा छुम्माका अध्यक्ष लिलबहादुर रोगुले जानकारी दिनुभयो ।
उपचारका लागि अत्यावश्यक भएकाले हङकङबाट संकलित छ लाख ३६ हजार नौ सय १० रूपैया“ रकम यसअघि नै बिरामीलाई उपलब्ध गराइएको छुम्मा हङकङकी उपाध्यक्ष लीला देवानले जानकारी दिनुभयो । छुम्माको युके शाखाबाट प्राप्त एक लाख ८९ हजार भने आज छुम्मा केन्द्रीय कार्यालय महालक्ष्मीस्थानमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । आफ्नो आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिदिन पीडित हेङ्वाले अपिल गरेका छन् ।
हेङ्वाको श्रीमती र दुई नाबालक छोरीहरू रहेका छन् । उनको उपचार मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा भइरहेको छुम्माले जनाएको छ । उनको सहयोगका लागि एनआईसी एसिया बैंकको ग्वार्को शाखामा २६५४४४०५९९५२४००१ खाता नम्बर रहेको सुकुनराज हेङ्वा नाउ“मा बैंक खाता खोलिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...