श्रीनगर (भारत प्रशासित काश्मिर), २७ असार । भारत प्रशासित काश्मिरमा गत शुक्रबार हिजबुल मुजाहिद्दिन समूहका नेता बुरहान बानीको मृत्युको विषयलाई लिएर सुरु भएको तनाव सोमबार तनावपूर्ण बन्न पुगेको छ ।
बानीको मृत्युलाई लिएर विरोधमा उत्रिएका करिब ३० जनाको मृत्यु भएको छ भने सोमबारसम्म आइपुग्दा स्थानीय करिब २०० नागरिक र १०० सुरक्षाकर्मी घाइते भएका एक उच्च सुरक्षा अधिकारीले नाम गोप्य राख्ने सर्तमा एएफपीलाई बताएको जनाइएको छ ।
आन्दोलनकारी थप आक्रोशित बन्दा सोमबार सयौँ मानिसको समूहले भारतीय सीमा सुरक्षार्थ स्थापना गरिएको एक सैन्य हवाई अड्डामा समेत आक्रमण प्रयास गरेका छन् ।
काश्मिरी इलाकाको ठाउँ–ठाउँमा निरन्तर झडपका घटना भएका बताइएको छ । रासस/एएफपी
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।