युरोकप ‘ट्रफी’ सहित पोर्चुगाली फुटबल टिम स्वदेश फर्कियो - Naya Online

युरोकप ‘ट्रफी’ सहित पोर्चुगाली फुटबल टिम स्वदेश फर्कियो

लिसवन (पोर्चुगल), २७ असार । फुटबलका सुप्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डोसहितका खेलाडी फ्रान्समा भएको युरोकपको अन्तिम खेलमा आयोजक राष्ट्र फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरी युरोकप–२०१६ उपाधि जितेर स्वदेश फर्किँदा उनीहरुको भव्य स्वागत भएको छ ।

फ्रान्सविरुद्ध गोल गरेपछि नै सहरका चोक–चोकमा पोर्चुगाली फुटबल टोलीको प्रशंसा गर्दै राष्ट्रिय झण्डा फहराउँदै लाखौँ मानिसले खुशीयाली साटिरहेका बेला विशेष विमानमा पोर्चुगलको टोली लिसवन विमानस्थल पुग्दा आफ्नो देशमा ट्रफी भित्र्याएको हेर्न दशौँ हजार फुटबल प्रेमी विमानस्थल पुगेका बताइएको छ ।

प्रमथ उपाधिसहित स्वदेश फर्किएको टोलीलाई पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो डे सोउसाले बधाई दिनुभएपछि रोनाल्डो नेतृत्वको पोर्चुगाली फुटबल टोली राजधानीका विभिन्न भागमा परिक्रमा गरेको थियो ।

पेरिसको स्टाड ड फ्रान्स रङ्गशालामा भएको अन्तिम खेलमा आफ्नो सुपरस्टार खेलाडी रोनाल्डोकै अनुपस्थितिमा पोर्चुगलले ११० औँ मिनेटमा गोल गरेको थियो ।

खेलको अन्तिम समयमा टिमकै कान्छा खेलाडी सान्चेजको ठाउँमा प्रवेश गरेका एडेर युरोकप जिताउनका लागि निर्णायक बन्न पुगेका थिए ।

पोर्चुगलका कप्तान रोनाल्डोले विभिन्न क्लबहरुबाट खेलेर क्बल तथा आफ्नो नामलाई उचाइमा पु¥याए पनि पोर्चुगलका लागि यो नै महत्वपूर्ण जीत थियो ।

यसअघि सन् २००४ आफ्नै मैदानमा ग्रीससँग १–० ले फाइन खेलमा हारेको पोर्चुगल सन् २००६ को विश्वकपमा सेमिफाइनल र युरोकपको सेमिफाइनलसम्म मात्र पुगेको थियो ।

पोर्चुगलका लागि यो नै पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । रासस/एएफपी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

ललितपुर । चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

संचारकर्मी सन्देश सुब्बा पुरस्कृत

पाँचथर । संचारकर्मी सन्देश सुब्बा स्वर्गीय प्रजापति–जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।...

थाइल्याण्डमा पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती

काठमाडौँ । पारालिम्पीक वल्र्ड क्यालिफीकेशन टुर्नामेन्टको २०२४ का लागि नेपालको तर्फबाट पारा टेबल टेनिस...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...

लिम्बु समुदायले ‘मुक्तिको छेलोढुङ्गा’ हान्नुपर्छ

इलाम – फाक्फोक थुम गाउँपालिकास्थित फुङएतेप्पामा प:त्लुङ लेप्मा (छेलोढुङ्गा हान्ने) प्रतियोगिता सम्पन्न भएको छ...

फाल्गुजयन्तीमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता हुने

दमक, ७ कात्तिक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल...

एक दिवसीय नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, २५ पुस । च्यालेन्ज फर चेन्ज एवं फेमिली पिस एशोसियसनद्वारा आयोजित नेतृत्व क्षमता...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाको आवेदन

काठमाडौं, १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पदका लागि ६० जनाले...