दोहा (कतार), २८ असार । सिरियाको उत्तरी भागमा काम गर्दै आएका आफ्ना एक पत्रकार सोमबार रसियाली हवाई आक्रमणमा परी मृत्यु भएको अलजजिरा टेलिभिजनले बताएको छ ।
पत्रकार इब्राइम अल ओमारको प्रत्यक्ष रिपोर्टिङ गर्न सिरियाको उत्तरी इदलिव इलाकामा रहेको अवस्थामा सिरियाली राष्ट्रपति बसार अल असादको सरकारलाई सहयोग पु¥याउँदै आएको रसियाली हवाई बलले गरेको आक्रमणका क्रममा मृत्यु भएको हो ।
ओमारसँगै उक्त आक्रमणमा पाँच जना सिरियाली नागरिकको मृत्यु भएको थियो ।
यस घटनासहित अलजजिराले सन् २०११ पछि सिरियामा सुरु भएको रक्तपातपूर्ण द्वन्द्वका क्रममा समाचार सङ्कलन गर्ने छ जना पत्रकारलाई गुमाएको छ । रासस/एएफपी
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।