श्रीगनर (भारत प्रशासित कश्मिर), २७ असार । भारत प्रशाशित कश्मिरमा गएको शनिबारदेखि भएको प्रदर्शनका क्रममा मारिने व्यक्तिको सङ्ख्या २३ पुगेको समाचार छ ।
प्रदर्शनका क्रममा गएराति थप पाँच जनाको ज्यान गएको छ । त्यसपश्चात उक्त प्रदर्शनमा मारिने व्यक्तिको सङ्ख्या २३ पुगेको बताइएको छ ।
हिज्बुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीलाई शुक्रबार मारिएको विरोधमा भारत प्रशासित कश्मिरमा शनिबार स्थानीय प्रदर्शनकारीले हिंसात्मक प्रदर्शन गरेका थिए ।
सरकारद्वारा घोषणा गरिएको निशेधाज्ञा तोड्दै स्थानीयहरुले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका क्रममा मारिनेको सङ्ख्या २३ पुगेको प्रहरीले सोमबार जानकारी दिएको छ ।
प्रशासनद्वारा चलाइएको गोली लागी २३ जनाको मृत्यु भएको छ भने करिब ३०० जना घाइते भएका छन् । प्रहरीले बोम्बार गोली प्रहार गर्ने गरेको छ ।
कश्मिरमा सक्रिय ठूलो विद्रोही समूह हिजबुल मुजाहिद्दिनका २२ वर्षीय यूवा नेता वानी मारिएकोे आक्रोशमा प्रदर्शनकारीले कश्मिर इलाकाका प्रहरी कार्यालयहरु जलाएका छन् ।
हिंसा थप भड्किने त्रासमा प्रहरीले भने निषेधित क्षेत्रको घोषणा गरेको छ । तर प्रदर्शनकारीले निषेधित क्षेत्रको पनि अवज्ञागर्दै सैनिक शिविरमा समेत ढुङ्गा हानेका बताइएको छ ।
सरकारले शनिबार भारत प्रशासित काश्मिरको ठूलो इलाकामा कफ्र्यू आदेश घोषणा गरेको थियो । कफ्र्यू आदेश घोषणा भएको इलाकामा पनि प्रदर्शनकारीले विरोध प्रदर्शन जारी नै राखेका बताइएको छ । रासस/एपी
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।