काठमाडौँ, २७ असार । सत्ता गठबन्धनभित्र असमझदारी अन्त्य गर्नेबारे सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच आज परामर्श भएको छ ।
सत्तारुढ दलको आइतबारको बैठकले गठबन्धनभित्र देखिएको असमझदारी टुङ्ग्याउने जिम्मेवारी दिएपछि आज नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको छलफलमा गठबन्धनभित्र देखिएका असमझदारी अन्त्य गरी सहकार्यलाई थप सुदृढ ढङ्गले अघि बढाउने सहमति भएको बताइएको छ । दुई नेताबीच वर्तमान गठबन्धनलाई थप सुदृढ बनाई राष्ट्रिय सहमतिको स्वरुप दिने र त्यसका लागि दुवै पक्षले आवश्यक पहल गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राससलाई जानकारी दिनुभयो ।
यसअघि बिहान माओवादी केन्द्रको बैठकले सबै राजनीतिक दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न छलफल गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।