सङ्कटग्रस्त सिमसार क्षेत्रको संरक्षण हुँदै - Naya Online

सङ्कटग्रस्त सिमसार क्षेत्रको संरक्षण हुँदै

बनेपा, २८ असार । काभ्रेपलाञ्चोकमा रहेका सङ्कटग्रस्त सिमसार क्षेत्रको संरक्षण हुन थालेको छ ।

सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता र जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकको समन्वयमा जैविक विविधतामा प्रभावकारी ठानिएको सिमसार क्षेत्रको संरक्षण हुन लागेको हो ।

जिल्लाको हिले–जलजले सामुदायिक वनमा रहेको सिमसार क्षेत्रमा पोखरी निर्माण गरेर त्यसबाट जङ्गलमा रहेका जीवजन्तुलगायत मानिसलाई समेत पानीको आवश्यकता पूर्ति गर्न प्रभावकारी हुने जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष रु दुई लाख बजेट सिमसार क्षेत्रको व्यवस्थापनमा खर्च भएको उल्लेख गर्दै सिमसार क्षेत्रको अध्ययन र योजना निर्माणका लागि बजेट न्यून भएको बताउनुभयो ।

हिले जलजले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वेदप्रसाद घिमिरेले वन उपभोक्ता समूह सिमसार क्षेत्र बढी रहेको वन समूह भएको जानकारी दिँदै करिब चार हेक्टर क्षेत्रफलमा रहेको सिमसार क्षेत्रमा अझै १० पोखरी निर्माण गर्न सकिने अनुमान गर्नुभयो ।

उहाँले सिमसार क्षेत्रमा निर्माण भएका पोखरीबाट जीवजन्तुका लागि पानीको आवश्यकता पूरा हुनेमा जोड दिँदै मानिसका लागि सिँचाइ गर्न सहयोग मिल्ने बताउनुभयो । आव २०७२/७३ मा वन दशक कार्यक्रमअन्तर्गत वन कार्यालयले जिल्लामा सिमसार क्षेत्रको संरक्षणमा जोड दिएको छ ।

काभ्रेपलाञ्चोकको भिमखोरी, शिरआम्वोटे, उग्रचण्डीनाला, टुकुचानालालगायतका गाविसमा करिब १५० सिमसार क्षेत्र रहेका छन् ।

संरक्षणका लागि सिमसार क्षेत्रको अध्ययन पनि भएको छैन र योजना पनि निर्माण भएको छैन, जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत केबी थापाले भन्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

विक्रम याक्खाको ‘झुटकाे पुलिन्दा’ लघुकथा सङ्ग्रह लोकार्पण

काठमाडौं । लघुकथा समाज नेपाल काेशी प्रदेशले आज राजधानीमा आयाेजना गरेकाे लघुकथा विमाेचन कार्यक्रममा...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...

किरात याक्थुङ चुम्लुङ् युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा कमल लावती निर्वाचित

असोज २३, काठमाडौ । किरात याक्थुङ चुम्लुङ युएइको सातौँ अधिवेशन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

संविधान दिवसमा सहभागी नहुन आदिवासी जनजाति महासंघको निर्देशन

२ असोज २०८०, पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरले संविधान...

नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौँ, ४ भदौ । सरकारले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ।...