काँकडभिट्टा (झापा), २८ असार । झापाको खजुरगाछी–५ को आठमौजा चिया बगानमा जङ्गली नीलगाईको बाछो सोमबार समातिएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा आठमौजा चिया बगानको लहरामा अल्झिएपछि स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गौरीगन्ज र स्थानीयवासीको सहयोगमा बाछो समातिएको हो । इलाका वन कार्यालय बेलडाँगीलाई जानकारी गराएपछि वनको टोलीले नीलगाईको बाछा भनी प्रमाणित गरेको थियो ।
सो नीलगाईको बाछोलाई जामुनखाडी सिमसारतर्फ लगिएको इलाका वन कार्यालयका सहायक वन अधिकृत पर्शुराम ठाकुरले बताउनुभयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।